~कुन्साङ तामाङ~
आफ्नो त जेल जस्तो घरवार लाग्छ।
जिन्दगी बारे सोच्छु,बडो दिक्दार लाग्छ ।।
त्यो जमिन त्यो दरबारको मालिक।
सिर्फ एक चिहानको जमिनदार लाग्छ।।
थाहा छैन किन सम्झिन्छु ए मुसाफिर
तिमी को हौ र मेरो के अधिकार लाग्छ।।
घर/घर होइन फ्याक्टि लाग्छ मलाई।
आफु त्यसको एउटा कामदार लाग्छ।।
(स्रोत : Himalayamail)