गजल : काम हजुर

~राजन पोखरेल~Rajan Pokharel

जित हुन्छ जताततै, गरेपछि काम हजुर
कहाँ बन्छ देश राम्रो ? गरेपछि जाम हजुर ।

अझै पनि कति गर्छौ ? कुरा त्यही छल छामको
भोकालाई कहिले मिल्छ ? दुई छाक माम हजुर ?

मलाई मेरै देशकै माया, तिमीलाई आराम छ
बाडदै छौ रे आफन्तलाई देशका सबै दाम हजुर ।

त्यसैले त अब मलाई तिम्रो कुनै आश छैन
आफ्नै घरमा आगो लगाई कहाँ मिल्छ बुद्ध बस्ने गाम हजुर ?

राजन पोखरेल, मोरङ

(स्रोत : Himalayamail)

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.