कविता : आज मेरो सालिकको अनावरण

~यतिराज अजनबी~ Yatiraj Neupane 'ajnabee'

मलाई कुनै उदभास थिएन
न थियो कुनै आस नै
समय शेक्स्पियर बन्छ भन्ने
तर थाहा पाऍ जब
म छक्क परें

म बाँचिरहेंको थिएँ
नाचिरहेंको थिएँ
मेरै दुनियाँमा
तर मलाई
विधीका सांसदहरुले
क्रुसिफाइ गर्ने
विधेयक पारीत गरिसकेका रहेछन्
र एउटा म
मारिएँ जीउँदै

अर्को मेरो जीवन बांचिरयो
समयले म माथि फलेका
ढुंगा, माटो, झट्टी
भेला पार्दै र मेरो
आफ्नै सालिकको
निर्माण गर्दै

मैले सोचेको थिएँ
यो कार्यक्रम
कसैले आयोजना गरिदिन्छ
तर कसैको मन पलाएन
र आफै आफ्नो सालिकको
अनावरण गर्न
लागिरहेछु म आज

तर यो उदघाटन
अनपेक्षित र उदेकलाग्दो छ
यो समुदघाटन समारोहमा
न दर्शक न श्रोता छन
न छन कुनै विशिष्ठ
अतिथि महोदयहरु
मैले बार बार निमन्त्रणा
नगरेको पनि होइन

संकटको ठिहीमा
मेरो रहर खिहिरायो
प्रारब्धले पस्किदिएको
जहर पिहिरयो
मेरो इमान्दार कचौराले
मेरी प्रेमिकालाई मैले दिएको
त्यो आश्वासन कामिरायो
यो छातीमा भैंचालो सरि
त्यो मन्दीरमा जलाएको दियोले
पल पल डामिरयो
मेरो नाममा अभाव गनाइरयो
मलाई बिल गेट्सले
आफू सम्पन्नताको शिखर
चडने सिँढी बनाइरयो
मेरो त्यो सपनालाई
नियतिको अखनीले तानिरायो
विपन्नताको ठण्डीमा
मेरो चाहना कक्रिरयो
मलाई गरीबीको साङ्लीले पक्क्रीरयो
विपनाको छालले
ठक्कर खाइरयो
सपनको धारमा तर
अघाउन सकेन
जति उघ्राए पनि

छ्यान्द्रिएको मेरो भाग्यले
बिटुलो गंगाको विशुद्ध जल
उघाएर कमण्डलु भर्न खोज्यो
आमाको शिरको
तुषारो सम्झेर तर
केही गरे भर्न सकेन
कुहिरोको भासमा भासिएको
त्यो मेरो गाउँको नाउँ
राख्न सकेन
हो आमा, तिम्रो कुपुत्रले
कुहिरोको भासमा भासिएको
त्यो घरको भित्ता
कमेरोले ढाक्न सकेन

फाल्गुन १८ २०६० ,विराटनगर

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.