~रमेशप्रसाद तिमल्सिना~
एउटा सुन्दर गाउँ थियो । उक्त गाउँमा असल नियतका मानिस धेरै बस्थे । सृष्टिको रचनामा केही नराम्रा मान्छे -स्वभाव नराम्रो) पनि बनाइएको छ । उक्त गाउँमा विवाह, ब्रतबन्ध आदिको भोजभतेरमा एउटा खलक -जिजुबाजे एउटै भएको दाजुभाइ खलक) जहिले पनि केही न केही खोट लगाउँथे । यो रित दशौं वर्षेखि चल्दै आएको थियो ।
देश विदेशका जान्ने बुझने सबै कुकहरूसँग सरसल्लाह गरेर भोज तयार गरियो । भोजमा भान्सेहरूले मीठामीठा परिकार बनाएर खुवाए ।
खोट लगाउने व्यक्तिलाई सोधियो-‘आजको भोज कस्तो लाग्यो -‘
उनले जवाफ दिए-‘अरु सबै ठीक लाग्यो, तर भान्से चाँहि अलि पातलो रहेछ ।’ भान्से र गाउँले तीन छक परे ।
(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )