~मनोज काफ्ले ‘मनसुन’~
मानव हुन् एउटै तर निधार बेग्ला बेग्लै
सानो ठुलो कोहीछैन बिचार बेग्ला बेग्लै
अजम्मरी छैनन् कोही जन्मेपछी मर्नैपर्छ
यो जिन्दगी अन्तहुने किनार बेग्ला बेग्लै
धेरै चोट लुक्छ थोरै लेखिन्छन् गित बनि
धुन बज्छन् सपनाका गितार बेग्ला बेग्लै
कतै रुन्छन् खालीपेट छाकटार्ने अन्न नभै
कहीं भोज भतेर हुन्छ सिकार बेग्ला बेग्लै
आफ्नो पेटभरे अरू मरे पनी वास्ता छैन
हो कि धनी गरिबको तिहार बेग्ला बेग्लै ?
२९ अक्टोबर २०१३
स्याङ्गजा -एलादी ४
हाल कुबेत
(स्रोत : inasociety.org)