गजल : बाल्नै पर्ने भएको छ

~राजेश नेपाली~

फेरि पनि राता मसाल बाल्नै पर्ने भएको छ
फलामे ती किल्लाहरू गाल्नै पर्ने भएको छ

हेर्दा हेर्दै नेपाललाई टुक्राटुक्रा पार्नै आँटे
बचाउन मसाल अब बाल्नै पर्ने भएको छ

जननी जन्म भुमी प्यारो घर नेपाल हाम्रो
हातेमालो गरिकन टाल्नै पर्ने भएको छ

साम्राज्यवाद, विस्तारवादले हाम्रो देश नेपाललाई
लगाएको कालो दाग फाल्नै पर्ने भएको छ

नेपालीको खुन पसिना चुसीचुसी बनाएका
सामन्तका महलहरू ढाल्नै पर्ने भएको छ

खाँचीकोट–२, अर्घाखाँची

(स्रोत : हाँक विक्ली – वर्ष २७, अंक २६ – २०६७ जेष्ठ ०५ गते, बुधबार)

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.