सुखी हुन प्रवासको बाटो समायौ
बिदेशी कै चाकारीमा सधैं रमायौ
दश नंग्रा खियाउदै हाँस्नै भुलेर
धेर थोर पशिनाको मुल्य कमायौ
भोलीलाई भन्दा भन्दै आधा पेट्ले
एकएक सुको जोडिकन केही जमायौ
परिवारको खुशी सँगै आफै हराई
शिशिरको जाडो बिर्सि त्यसै घमायौ
“प्रयास”त्यो गर्दा गर्दै जीवन उकास्ने
दुर्घाटना बिच परी ज्यानै गुमायौ
(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )