~सुरेन्द्र खौलराठी~
सङ्लो कुवा भेट्ने आश हरायो !
एक घुट्को पानी नपिई प्यास हरायो !
फूल फूल्ने बगैचामा पुतली मात्रै भेटिए,
गन्थे हुँला जूनतारा आकाश हरायो !
महलमा रानीका सेवक कती होलान् ?
भन्छिन् रे प्रेमरुपी दास हरायो !
सोचेको थे कुनैबेला संसार सजाउँला,
घर न घाँटको भा’छुं, बास हरायो !
(स्रोत : Himalayamail)