~राम चाम्लिङ्~
छर्दा छर्दैको बिउ
मुट्ठिमै नसकिदै
बगाएकै हो हल गोरु
बगाएकै हो घुरेन
मारुनी नाच्ने आगन
चिरा-चिरा परेर
भासिएछ जग
अनी
ढलेकै हो घर ।
डर त्रासले गाजेको समयमा
राहतको गीत
सात सालको रेडियोले
थर्थराउदै सुनाउदा
सेतो कपाल ओढेका बुढाबाहरु
सानो सम्भावनाका त्यान्द्रो समाएर
हिडिरहन्छ आसका बाटो
हेरिरहन्छ गोरेटो
गनीरहन्छ बटुवा
लाखौ चोटी ।
बरु,
झरे आकाशबाट थुप्रै उल्काहरु
फेरियो सरकार धेरै चोटी
सुनियो बिकाशका सुत्रहरु भाषणहरुमा
अनी
देखियो उपलब्धि सुन्य
धित्कार्दै हामी हेरिरह्यौ
त्यो कुर्सी मोह ।
त्यो रहरै-रहरको शहरमा
किन बजाउछन आजकल
लै बरिको भाकामा
तितो मिठो
बस्तीको गीत ?
(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )