~दोर्जे तामाङ~
राज्यसत्ताको मतियार
कतिसम्म
स्वार्थको तलाउमा डुब्ने र’छ भने
सङङिनहरुको आड भरोसामा
एक छाक जोर्दै गुजारा चलाऊने
बर्खे जुकाले चुसेर सिठ्ठो
भएकाहरुलाई,
आतङ्ककारीको विल्ला भिराउदै
गुण्डाराज हतियारधारी
सेना जवानलाई तक्माको
प्रलोभन देखाउदो रहेछ
बन्दुकको गोलीको भरमा
बुद्धलाई तरवार थमाउदो रहेछ !
आउ ब्याधी हो,
रातो रुचाउनेहरु
एक्कै पटक फैसलाको
यो कुरुक्षेत्रमा
कि वार कि पारको
बन्दुक र तरवार भिडाउ
हे बुद्धलाई तरवार थमाउने हो
आउ आज एउटा
तिमीले जन्मको
उच-निच
ठुलो-सानो, धनी-गरिब
धर्म-कर्म बिच लगा’को
बिभेदको पर्खाल
ढलाउनेकी?
जोगाइ राख्ने
फैसलाको युद्द लडौं
(स्रोत : नेपाल सरोकार)