कविता : तिमी मेरी

~अमन महर्जन~Aman Maharjan

आहा! कति राम्री गुलाब सरी तिमी काँढै काँढा बिच फक्रीदिन्छौ
हिलै हिलोंको दल्दलमा पनि तिमी कमल बनी मुस्काँउछौ
कालो बादलको संनाहट्मा सुनौलो आशा बोकी फलिदिन्छौ
उकुस मुकुस र पिडामा तिमी प्रेरणा लिई उदाँउछौ
आहा! तिमी त आशाढको पन्ध्र , कोदाली र कोदालोमा रमाउँछौ
हिले टिका हिले सिंदूर लिई हिलै हिलोमा जिस्किंछौ
आशाढको प्यारो तानमा हराउँछौ, बिउका जुरेलीमा लह लहराउँछौ
मायाकी खानी तिमी हरपल मलाई ईशारा गर्छौ
आहा! तिमी त प्रेम को पहिलो फल , सुभास र उमँगमा नाच्छौ
संगीत को सरगम, सहजहाँको ताजमहल भई सिंगारिन्छौ
मेरो मुटु को गहिराइमा, आँखाको नानीमा लडिबुडी खेल्छौ
मायाको अथाह सागरमा तिमी मलाई डुबाउँछौ
तर
म त कति बैमानी रहेछु उडाउँछु लाली तिम्रो बतासे बनी
म त कति नहुने हगि? सताउँछु तिमीलाई संधै अल्लारे भई
तिमी एक पल्ट त रिसाउनू, म बसंत भई रिझाउँला
छड्के आँखाले गाली गर्नू, म सम्मोहित भई तिमीलाई
मात्र तिमीलाई चुमूँला

-न्यूयोर्क

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.