~शिरिष लामिछाने~
मेचमा बसिरहेको म
र बत्तीमा एकोहोरिएका मेरा आँखा
एकछिनलाई झिमिक्क हुँदा
नियाल्छन् मेरो अतीतलाई
र, प्रोजेक्ट गर्छन् फ्ल्याष्ब्याकहरु
मेरो मानसपटलमा
एउटा फिलिम हेरेझै
म हेर्छु बन्द आँखाले,
झोला बोकेर स्कुल गैरहेको ठिटो
एक्नासले गुडिरहेको कालो टेम्पो
निरन्तर् बजिरहेको मठ-मन्दिरको घण्ट
कयन् रहरले भरिपूर्ण मनहरु
भाग्य र आशमा बाँचिरहेको शहर
र, कुना-काप्चामा लुकिरहेका अनेकन् पिडा
फिलिम सकिएपछि सोच्न बाध्य भएँ
आखिर के रैछ त अतीत?
पाएको दुइ गोटा उत्तर:
बर्तमानको शिल्पकार
भबिष्यको आधार|
(स्रोत : रचनाकारको ब्लगबाट सभार)