~इप्सुल मगर~
सहन्छु म लात हजुरको कटु बात नदिनु
हल्लाको भरोसामा सात फेराको घात नदिनु
स्वार्थी छन् मान्छे यहाँ अनि लोभ डाहा
जन्मौ जन्म हजुरकै हुँ म एक्लोपनको साथ नदिनु
प्रदेशीएर कयौं वर्ष कहाँ के के गर्नु भयो
सोध्या छैन केहि यसरी दुखको खात नदिनु
धमिलो लाग्छ सम्वन्ध हाम्रो आज किन
नारीलाई होच्याउँने यो समाजलाई हात नदिनु
विन्ति गरे धेरै पटक हजुरसँग मैले यति
मात्तिएर आफ्नै आमाको काखलाई घात नदिनु
कालीमाता नी नारी कै स्वरुप हुन हजुर
होश पुर्याउँनु सत्यहीनको उन्मात नदिनु
हङकङ
(स्रोत : कविता कुसुम)