कविता : भोका उडुस

~सूर्यविक्रम याक्खा~ Surya Bikram Yakkha

चेप्सो टाँसीएका ,फनफनी घुम्दै ,
गाँऊ,वस्ति-वस्तिहरुमा ,
ओछयानको चोसा-चोसामा ,
चाहारिएर ,सुटुकै वसे छ ,
ति भोका उडुसहरु …,
कोही चिच्याउदै कार्पेट र
भित्ता-भित्तामा दगुरी रहे ।
कोही गुजुल्टीएर वसिरहे ,
मानव रुपी गन्ध , पाउन साथ
छरिए ,सशंस्त्र , भोको प्यास मेटाउन ,
भोका उडुसहरु ……।
रगत चुस्न पल्केका
शहरको अलिसान माथि
पुटुस ढाडिएर ,
छक्का दाऊ कुरिरहे …,।
ति भोका उडुसहरु …………..!!

मोरङ्ग, हाल – साउदीअरव रियाद

(स्रोत : कविता कुसुम)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.