~तीर्थ संगम राई~
आखाँ तिम्रा सारै नशालु आहा !! कर्के हेराईले मार्यो मलाई ।
ओठ को त के कुरा भो र पि्रय दन्ते मोहनीले मार्यो मलाई ॥
वक्षस्थल त झनै बैशालु वाह !! नशा-नशामा चढ्यो जवानी ।
नितम्बको कुरै छाडौ मृग नयनी चालले घाईते पार्यो मलाई ॥
कटाक्ष्य हेर्दा मनै सिरीङ्ग आम्मै !! जानि-जानि मस्किन्छे उनि ।
पिठ्यूँ हेर्दा लोभै लाग्दो के भयो यो कस्तो रोग सार्यो मलाई ॥
सुन्दर सेता पिडौंला हरे !! पानी-पानी बनी रुझायो मनलाई ।
अंग-अंगको के बयान गरुँ खै आफ्नै पुरुषार्थले बार्यो मलाई ॥
तकियालाई लपेटेर उर्फ !! आमन्त्रणा कामदेवलाई ।
सुस्त-सुस्त बढाएँ थे पाईलाहरु जब पलङ्गबाट झार्यो मलाई ॥
रुप रंङ्ग साह्रै निख्खर अहो !! भने छ रती जस्ती ।
तप्का-तप्का यौवनरस सुकेर मर्दा बैतरणी पनि तार्यो मलाई ॥
~तीर्थ संगम राई
स्यामुना
लेटाङ्ग—७, मोरङ्ग
हाल—दोहा, कतार
(स्रोत : रचनाकारको ब्लगबाट सभार)