~जुनु राना मगर~
लौ ! एकोहोरो हेर्दाहेर्दै
मनमनै टोलाउँदै
घरीघरी झिपिक्क हुँदा-हुँदै
माईलाको आँखा थाकेछन्
१२ घन्टासम्म उभिँदा
खुट्टाहरु पाट्टिएर
दौडन खोज्दछन् रे !
तर,
खुट्टामा फलामको
जागिरे साङ्लोले
दौडिने अनुमतिमा
भोटे ताल्चा
लगाईदिएको छ,
एक हातमा वाकी टाकी
अर्को हातमा लठ्ठी बोक्ने
ती दुइ हातहरुले
मन भरिका बिद्रोह
आकाङ्क्षा, रहर
अनि चाहानाको ब्रगेल्ती
अक्षर कोर्न खोज्छन् रे
तर, जाँगिर नामको साङ्लोले
औंलाहरुलाई
अक्षर नकोर्नु भन्ने
आदेश दिएको छ
त्यसैले त उनी भन्ने गर्छन्,
तनले जागिर गर्दैगर्दा
मन भने,
हावासङ्गै बहदै बिहानी किँरणमा
शितको छल्काई सँगै अन्नपूर्णको
फेरी झर्दै
कैले तमोर त कैले कालीगण्डकी तिरै-तिर
बहदै, कल्पना र
भाँवनाको सागरमा
तैरिदै भोतेकोशीमा
बन्जीजम्प हान्न समेत पुग्छ रे !
हो ! माईला यहाँ
यस्तै छ,
आफ्नै जिबन हो
उस्ताहको ब्यान्डेज बाँध्न छोड्नु हुन्न
किनकि तनमन छ
र त यहाँ सबै छ
तिमि हामी सबै छौं
हाम्रो तन चाहे
बाध्यता र परिस्थितिको
फलामे साङ्लोले
बाधिएता पनि
मन यानेकी हृदय
साङ्लोमा कैले बाधिन्न
उ त स्वतन्त्र हो
पँन्छी हो
र त्येसैले त हामी मान्छेलाई
सचेत र संवेदनशील
जगत प्राणी
भन्ने परिचय दिएको छ !!
-हङकङ
(स्रोत : नेपाल सरोकार)