~कवित भुसाल~
मुटु भरि पिडा हुदा हास्नु पर्छ साथी
कयौ पटक मरेरनी बाच्नु पर्छ साथी
धन कमाउन सपना बेचिन्छ यहा
नपलाउदै मुनाहरु लास्नु पर्छ साथी
आशाहरु चुडालेर सपनाको लाश हुन्छ
चुडालेको सपनानै गास्नु पर्छ साथी
मरुभूमि हराभरा हेर्न लायक भैदीदा
ज्यानै परदेश मास्नु पर्छ साथी
वहाकी ठाटी पर्वत
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )