बाल कविता : मेरी आमा

~प्रभातप्रकाश तिमल्सिना~ Prabhat Prakash Timilsina

मेरी आमा तिमी हौ जननी
तिमी नै हौ जन्मभूमि
तिमी नै धर्ती माता
तिमी हौ मातृभूमि ।
आफ्नो पेटमा राखी मलाई
नौ महिना हुर्कायाै बढायौ
दश धारा दुध पिलाई
मलाई अगाडि बढायौं ।
रुन्थे म धुरुधुरु
तिमीले मलाई हँसायौ
हिड्न जान्दैनथें म
तिमीले मलाई बोकी छातीमा टँसायौ ।
सुत्न दिँदैनथें म
तिमीलाई आफू रोएर धेरै
काम गर्न जान्थ्यौ तिमी
मलाई सुताएर भएपनि अबेरै ।
बोल्न जान्दैनथें म
तिमीले मलाई बोल्न सिकायौ
हिँड्थे म चार पाउ टेकेर
तिमीले मलाई राम्ररी हिँड्न सिकायौ ।
पढाइमा थिएँ म कमजोर
तिमीले मलाई प्रथम बनायौ
कुनै कुरामा म दुःखी हुन्थे होला
तिमीले खुसी बनाई मलाई मनायौ ।
मेरा यी जीतका श्रेय
तिमी नै हौ ममी
मलाई सधैं सुखीखुसी राख्यौ
मेरा लागी राखेनौ कुनै कमी ।
यदि भूल भए मबाट
माफ गरिदेउ ममी
दाजुभाइ सधैं मिल्नेछौं
अब झगडा गर्ने छैनौ हामी ।
अब पालो रहृयो हाम्रो
खुसी राख्ने आफ्नो ममीको
तिमीलाई हरेक कुरामा खुसी
राख्ने बाचा र दायित्व दाजुभाइ हामीको ।
मातातीर्थ औंसीमा तिमीलाइ
यो मेरो उपाहार रहृयो
तिमीलाई लेखेको यो कविता
अब बन्द भयो । ।

०७३ वैशाख २३ गते, चापागाउँ
कञ्चन मावि, कक्षा-७
सन्दर्भ:अामाकाे मुख हेर्ने दिन ।

(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )

This entry was posted in बाल कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.