~रश्मिला कवाङ~
एक्कासी सम्झना लिएर आयौ तिमी
उषाको लालि जस्तै उजेली बनेर
मौन रहेरै बसेका थियौ मनमा
र त त्यसैत्यसै हरायौ स्मृतीपटमा
सपनाका लहरमा तैरिँदै तैरिँदै
मिठै निन्द्रामा सफलताको शिखर चुम्दै
बस जीवनमा खुशिको उचाई थप्दै थियौ
बाँकि थियो त बस जीवनको अजम्बरी प्रहर
अचानक फेरि आयौ तिमी उही सपनाका लहर बोक्दै
आत्मियताको रंग बोकी टाढा क्षितिज पारीबाट
हामी बिच शब्दका भेटहरु, मनका बिश्वासहरु
गीतबिनाको मिठो संगीत जस्तो भएर
जीवनका तिता मिठा मुस्कानहरु साटीए
अलिकति तिम्रो अलिकति मेरो कारण
किन यति मिठा हुन्छन् साईनो बिनाका सम्बन्धहरु ?
लाग्छ तिम्राु र मेरो प्रेममा आत्मिय हुन्छ,
बिश्वास हुन्छ, निस्वार्थ साथ अनि सरलता पनि
सायद नजुराईएका जम्काभेटहरु होलान्
त्यसले दिने असिम आनन्द होला
आत्मीयता कहाँ पो आपैंmहुन्छ र ?
समय, बिश्वास, सत्यता पनि चाहीन्छ
तिमीसँगका उदारा सपनाहरु आशालाग्दा भएनी
तिनले पिडा दिएनन् भने, भेटीनु नभेटीनु के भो र ?
नभेटेका साथ अनि नदेखेका अनुहारहरु
आफ्ना भैंm लाग्नुको पनि त केही अर्थ होला
बिश्वासिला कदमहरु, मिजासिला मनहरु
खँदिला साथ अनि कल्पानाको सहयात्रा
अनि रंग बिहिन मित्रताहरुको नाम पनि त प्रेम होला…..
मुलढोका-४, भक्तपुर
(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )