छन्द कविता : मुमा

~इलामेली टीकाराम दुलाल~Ilameli Tikaram Dulal

पञ्चचामर छन्द

जदौ जदौ महामहिम् जदौ गरेँ गरेँ यसै
झुकेर शष्ठअंगले प्रणाम गर्छु है यसै
बिचार उच्च राखने महा महा म ठान्दछु
तपाइनै महा गुरू म एक ब्रम्ह मान्दछु ।१।

मलाइ सृष्टि गर्नु भो र हेर्न पाइयो धरा
खुसी दिएर साथमा छ जिन्दगी हराबरा
मुमा बनेर हे मुमा मलाइ जन्म देकिछौँ
तिमी महा ति ईश्वरै तिमी नि ब्रम्ह देव हौँ ।२।

म जान्न देवताकहा कतै म पुज्न मन्दिर
बिहान हेर्छु माथमा झुकाउदै म यो शिर
म गर्छु बन्दना सधै र गर्छु एक कामना
छ दु:ख सुख्ख जिन्दगी सधै नि गर्नु सामना ।३।

बडो पिरेँ कराउदै म बालकै थिए मुमा
गरे हजार कल्हरू थिए अबोधमै मुमा
उमेर भो पलाउदै छ ज्ञान बुद्धि चेतना
सबै घमण्ड थेचियो दबो भयो नि केचना ।४।

ति भूतकाल सम्झना गरेर हास्नु है मुमा
कतै टुटेछुटे छ प्यार् भनेनि गास्नु है मुमा
तपाइ दैव हो मुमा म पुज्छु जान्न धाममा
असल् मुमा खुसी हुदै ल बस्नु गर्छु कामना ।५।

इलामेली टीकाराम दुलाल
नक्साल, काठमाण्डौं

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in छन्द कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.