गजल : टुक्रा-टुक्रा भयो देश

~तीर्थ संगम राई~Tirtha Sangam Rai

टुक्रा-टुक्रा भयो देश झिटी झ्याम्टा कसे अरे
बुढा-खाडा सबै छाडी युवाहरू विदेश पसे अरे ॥

खोल्सा-खोल्सी छताछुल्ल रक्त कुण्ड बगेपछि
भाग-बण्डा नपाउनेले पिठ्यूँमा छुरा धसे अरे ॥

वारी-पारी गाउँ घरमा दिउँसै डाँका पसेपछि
सोझा-साझा गाउँले अब छाँगाबाट खसे अरे ॥

छानी-छानी सवल मान्छे सर्प बनी डसेपछि
भुरा-भुरी केहि नराखी एकै गाँसमा सके अरे ॥

जता-ततै अशान्तिको कालो बादल देखे पनि
हाँस्दै-हाँस्दै हाम्रा नेता कुर्सीमाथि बसे अरे ॥

स्यामुना
लेटाङ्ग—७, मोरङ्ग
हाल—दोहा, कतार

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.