गीत : मैले जात–भात, पैसा होईन

~गोविन्द गोदार~

मैले जात–भात, पैसा होईन
केवल तिम्रो माया चाहेको
यौवन रुप–रं¨ हेरेर होईन
तिमी संग माया लाएको

माया गर्नु अपराध हो भने
यो अपराध म गरि रहनेछु
माया गर्दा मरिन्छ भने
पल–पल, क्षण म मर्न तयार छु

हजार टुक्रापार मेरो मुटुलाई
प्रत्येक बिम्वमा आफैं भेटिने छौ
लाखौं तिक्ष्ण बचनहरुले घोच
हरेक घाउबाट प्रेम बहनेछन्

करडौ“ श“ंकाको नजरले हेर
प्रति नजरमा बिश्वास पलाउ“ने छ
हो म संसारलाई आज भन्न चाहन्छु
तिमी मात्र तिमीलाई माया गर्छु

मैले जात–भात, पैसा होईन
केवल तिम्रो माया चाहेको
यौवन रुप–रं¨ हेरेर होईन
तिमी संग माया लाएको

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in नेपाली गीत and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.