~क्षेत्र प्रताप अधिकारी~
म त लालीगुराँस भएछु
मनै भरि फुली दिन्छु
बनै भरि फुली दिन्छु
म त लालीगुराँस भएछु
फाँटहरुले कसलाइ पुग्छ, भिरमा पनि फुलिदिन्छु २
खुशी मात्र कहाँ हुन्छ, पिरमा पनि फुली दिन्छु
म त लालीगुराँस भएछु २
हेरी दिने कोहि भई दिए, नानी भित्र फुली दिन्छु २
लाइ दिने कोहि भई दिए, सिउँदो भरि फुली दिन्छु
म त लालीगुराँस भएछु २
शब्द: क्षेत्र प्रताप अधिकारी
संगीत: दिब्य खालिङ्ग
स्वर: नारायण गोपाल