~मुक्ता सापकोटा~
सधैं सधैं पिडामा अल्झिएको छ मेरो मन्
चिन्ताको तापले हरपल जलेको छ दनदन्
खोसियो कुन क्षण मेरो उनमोक्त हाँसो
कहिले म माथि पर्यो अराजकताको पासो
हरेक चोटिको परिवर्तनले आश पलाउँछ
फेरि त्यहि तितो यथार्थ सामुन्ने आउँछ
जो आए नि ममाथि किन तान्डवनै गर्छन्
कोहि न कोहि हरेक दिन द्वन्दको चपेटामा मर्छन्
मेर सन्तानहरु हर दिन बिदेशिदै छन्
रोक्ननी के भनेर रोकुम अकमक्क छ मन्
सहनशिलताले अब त पराकाष्ठा नाघिसक्यो
सहदा सहदै गोली चल्यो रगतको खोला बग्यो
तै पनि खोइ त कहाँ आयो परिवर्तन
हे बिधाता आज तिमीसँग शान्तिको भिक माग्दैछ
यो नेपाली आमाको मन, नेपाली आमाको मन्
(स्रोत : रचनाकारको ब्लगबाट सभार)