पुरानो मित्रता तोडिदैछ अाज
सत्रुको नाता जोडिदैछ अाज ।
इतिहासको सिमा मिचिदै जादा
राजनीतिको बाटो मोडिदैछ अाज ।
अाफ्नै विचारले कोरा कागजमा
नेपालको सिमा कोरिदैछ अाज ।
हाबि भएछ राजनीति यहाँ
भाईभाईको घर फोरिदैछ अाज।
विदेशीको इसारामा स्वाभिमान गुमाए पछि
नेपालीको गाँस रोकिदैछ अाज।
सचेत हुन छ नेपाल बचाउनलाई
गलत राजनीतिको पीडा भोगिदैछ अाज ।
नेपाल अामाको छातीमा लत्याउदै हिन्ने
देशद्रोही नेता जोगिदैछ अाज
पुरानो मित्रता तोडिदैछ अाज
सत्रुको नाता जोडिदैछ अाज ।
(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )