~शितल कादम्विनी गुरुङ~
जबदेखि तिम्रो बासना आयो मन्द
बगैचामा डुल्न मैले गरिदिएँ बन्द
जब देखेँ चन्द्रमा झै निधारमा टिका
ईन्द्रेणीको रंग पनि भयो फिका
जिन्दगीको यात्रामा कहाँ कहाँ धाएँ
संसारमा सबै शोभा तिमीमा नै पाएँ
तिम्रो नजरले मुटु मेरो पार्यो खण्ड
बगैचामा डुल्न मैले गरिदिएँ बन्द
हत्केलाको रेखा मेटी आँफै लेख्न थालेँ
किन म त खुलै आँखा सपना देख्न थालेँ
पिरतीले सजाइदिउँला तिमी बस्ने दरबार
हृदयकै भूभागमा राज गर सरकार
माया गर्न पाप हो भने दिएहुन्छ दण्ड
बगैचामा डुल्न मैले गरिदिएँ बन्द
शब्द: शितल कादम्विनी गुरुङ
संगित: शिव परियार
स्वर: शिव परियार