कविता : उर्लेको भेलभित्र

~सूर्यविक्रम याक्खा~ Surya Bikram Yakkha

वर्षा साउनको झरीमा
एक तमासाले पानी परिरहयो ।
भिजेका शरिरहरु थर्रर-थर्रर काम्दै
निलो कालो भएका ओठबाट
कि..टि..टि -कि..टि..टि..
जुधेका दांतको आवाज आईरहयो ।

उर्लेको भेलभित्र चिच्याउदै ,
मायाले भरिएका निश्चल पोकाहरु ,
ढुंगा मुडाको छल्को संगै
मिसिएर वगिरहयो ।
म भन्ने शब्द ,,
मुक दर्शक वनेर हेरिरहयो ।
त्यो वक्राहा खोला ,माँवा र रतुवाले चुडाएका ,
मेरो मुटु भित्रका मायालाई …….,
घृणा नगर्नु ,तिरस्कार नगर्नु ,अपहेलीत नगर्नु ।

छिया-छिया पारिएका
मेरा निसानहरुलाई ,,
जोडेर फेरी सिंगो आकार वनाउन सक्दिन ,
मैले कोरेका शब्द-शब्दका अक्षेरहरु पाउन सक्दिन ।

उर्लेको भेलभित्र हराएका छ-छल्काहरु ….,
मेरो भूमिकाले वाँधीएका भावनाहरु …….!!

मिति २०१०/०७/१३
मोरङ्ग, हाल – साउदीअरव रियाद

(स्रोत : कविता कुसुम)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.