बहरवद्ध गजल : बगदैन पानी

~इलामेली टीकाराम दुलाल~Ilameli Tikaram Dulal

छन्द : ईन्द्रबज्रा

आँखा रसाई बगदैन पानी
रोएर बस्ने अब छैन बानी ।१।

उद्देश्य नौलो मनमा सजाई
भन्ने छु आफ्नो हसिलो कहानी ।२।

कैले सुरू भो कहिले हरायो
चाडै बिलायो किन यो जवानी ।३।

कम्जोर ठान्दै अब ठान्न मैले
आफ्नै रसाए पनि लौ सिरानी ।४।

यो प्रेरणाको सिखरै चुमौँला
यो दु:ख मेरो म कतै नमानी ।५।

२०७२/०९/०९ रोज ५
इलामेली टीकाराम दुलाल
नक्साल
छन्द : ईन्द्रबज्रा( त त ज गुरू गुरू )

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.