~एस.के. सुवेदी~
“कम टु मी इन माई ड्रिम एण्ड बाइ डे आई स्याल वी वेल अगेन”
आज भन्दा पाँच वर्ष अगाडि उसले मलाई लेखेको पहिलो पत्रको सुरुवातको हो यो। यिनै भावनात्वक कविता का हरफहरु राखेर सुरु गरिएको उक्त पत्रमा उसले आफ्ना मनका सारा प्रेम भावनाहरु व्यक्त गरेको थियो। त्यतिबेला उसका लागि म नै उसको जीवनको पहिलो र अन्तिम आईमाई थिएँ रे जसलाई उसले अति नै चाहन्छ र प्रेम गर्छ रे। यसरी पत्रमा प्रेम भाव व्यक्त गर्नुअघि पनि उसले मसँग प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा धेरै किसिमले आफ्नो भावना जाहेर गर्ने प्रयास नगरेको होइन। तर मैले उस्को त्यस्ता कृयाकलापलाई उसको अपरिपक्वता सम्झिएर नजर अन्दाज गरिदिन्थें। ऊ मलाई एक्लो पाएको बेला मसँग बढी नै नजिकिन खोज्ने, मलाई स्पर्श गर्ने प्रयास गर्ने अनि अलि रोमान्टिक भएर कुरा गर्न खोज्ने जस्ता असामान्य व्यवहार देखाउँथ्यो जसले गर्दा म उसँग एक्लै हुँदा सँधै डराउँथेँ। तर पनि आफूलाई मजबुत बनाएर उस्का त्यस्ता व्यवहारहरुलाई प्रतिकार गर्ने गरेको थिएँ। ऊ एउटा पढेलेखेको समझदार व्यक्ति भएको हुनाले सायद उसले मेरो मनसाय बुझ्यो होला त्यसैले उसले आफ्नो इच्छा व्यक्त गर्ने रणनीति परिवर्तन गर्न थाल्यो। उसको उच्छृङ्खल र अपरिपक्व व्यवहारलाई प्रतिकार गरेपछि उसले मलाई कहिल्यै त्यस्ता व्यवहार देखाएन बरु उल्टो सम्मान र सहयोगको भावना देखाउन थाल्यो। त्यसपछि उसको असल चरित्रमात्र मेरा सामु देखा पर्थे।
ऊ एउटा विवाहित एवं व्यवहारिक अनि संवेदनशील पुरुष थियो। पढेलेखेको र लामो समय समाज विकासमा काम गरेकोले होला उसका विचारहरु खारिएका थिए भने उसको तार्किक शक्ति प्रभावशाली थियो। अनुभव र बौद्धिकताको कारणले होला समय र परिस्थिति अनुसार आफूलाई तरुन्तै परिवर्तन गर्न सक्ने क्षमता थियो उसमा। आफ्नो तार्किक शक्तिले जस्तालाई पनि तुरुन्तै प्रभाव पार्न सक्ने खुबी भएको व्यक्ति थियो ऊ। आफ्नो विचार मिल्नेसँग वादविवाद र तर्क वितर्क गर्न पनि रुचाउँथ्यो। मप्रति उसको बदलिँदो व्यवहारका साथसाथै ऊ मसँग आफ्ना विचारहरु पनि आदानप्रदान गर्न थालिसकेको थियो। ऊ मान्छे अलि खरो भएता पनि मलाई पनि उसको विचार, उसका तर्क, उसको सादगी अनि उसको इमानदारिता सारै मन पर्थ्यो। ऊ अरुलाई सहयोग र सुझाव दिन असाध्यै रुचाउँथ्यो। उसलाई म एउटा शिक्षित, सुशील तथा मानवीय संवेदना भएको व्यक्तिको रुपमा आदर गर्थें। उसका प्रगतिशील तथा वामपन्थी राजनैतिक सोचलाई सम्मान गर्थें। मलाई उसका सानातिना कुरा पनि असाध्यै मन पर्थ्यो। यसरी छलफल र कुराकानीका क्रममा उसले आफ्नो व्यक्तिगत तथा पारिवारिक सबै कुरा मसँग गर्ने गर्थ्यो। निरन्तर गफगाफ र विचारको आदानप्रदानले एक अर्कालाई अझ नजिकबाट चिन्ने र विश्वास गर्ने वातारण सृजना भयो तर पनि मैले उसलाई प्रेमीको रुपमा हेरेको थिइनँ। ऊ मेरो लागि केवल एउटा परिचित व्यक्तिमात्र थियो। तर ऊ भने मसँग सम्बन्ध बढाउने प्रयत्न गरि नै रहेको थियो। म त्यतिबेला मानसिक रुपले ऊसँग प्रेम गर्न तयार थिइनँ। मेरा आफ्नै अनगिन्ती दुखेसो र पारिवारीक तनावले वैराग्य भएर शान्तिको खोजीमा हिँडिरहेको थिएँ। हुनत उसँग कुरा गर्दा उसको साथमा हुँदा मलाई पनि आनन्द लाग्न थालिसकेको थियो। तर उसलाई विश्वास गर्न डर लाग्थ्यो। सोच्थें कतै उसले मेरा भावना छताछुल्ल त पार्दैन भनेर किनकि ऊ एउटा विवाहित पुरुष थियो।
उसको प्रेम प्रस्तावसहितको पहिलो पत्र यति कलात्मक ढंगबाट लेखिएको थियो कि त्यो पढ्ने जो कोही पनि उसको प्रेममा पागल हुन सक्थ्यो। ऊ सहित्यमा उच्च शिक्षा हासिंल गरेको व्यक्ति भएर होला उस्को लेखाई निकै स्तरीय र प्रभावकारी हुने गर्थ्यो। उसले निरन्तर मलाई पत्र लेख्न थाल्यो। मलाई सहयोग र आफ्नो पन देखाउन थाल्यो। म विसन्चो भएको वेला हेरविचार गर्ने, मैले खाए नखाएको चासो गर्ने अनि मेरा हरेक कुरामा साथ दिंदै मलाई प्रोत्साहन र पे्ररणा दिने गर्थ्यो। उ मलाई आफ्नो जीवनको उतार चढाव, आफ्नो श्रीमतिसंगको असन्तुष्ठि सवैकुारा वताउने गर्थ्यो यसरी उ मसंग धेरै नजिक भई सकेको थियो र मलाई पनि उसका कुरा सुन्दा धेरै माया लाग्न थालि सकेको थियो। मेरो लागि कसैसंग भावनात्मकरुपले त्यति नजिक यो पहिलो अनुभव थियो। मेरो जिन्दगिको पहिलो व्यक्ति नै उहि थियो जसलाई म यति धेरै नजिक ठान्थें की मेरो लागि उ भगवान समान भयो। उसलाई मैले मेरो सवैकुरा मान्न थालि सकेको थिएं उसको अगाडि मेरा अरु सवै सम्वन्धहरु खल्लो लाग्न थालि सकेको थियो। उ बाहेक कसैलाई आफ्नो सम्झन्न थिएं। यसरीनै हाम्रा रमाईला दिनहरु करिव डेड वर्ष सम्म चलि रहे। उसंग भेट्नु अधि प्रेम वा माया भन्ने कुरा केवल सिनेमा र उपन्यासमा मात्र सिमीत हुन्छ भन्ने लाग्थ्यो तर हाम्रो प्रेम सिनेमा र उपन्यासको भन्दा निकै गहिरो र रोमान्टिक थियो। म उविना को जिन्दगी कल्पना सम्म पनि गर्न सकि रहेको थिईन। अव मलाई उविना वाच्न पनि गारो भई रहेको थियो यो कुरा मैले उसलाई पनि बताएं। उ आफ्नो श्रीमति लाई आफूसंग बोलाउने कागजी प्रक्रियामा लागि रहेको थियो त्यसैले उ मेरा कुरा सुनेर एकछिन स्तव्ध भयो। उसको अनुहारमा चिन्ता र भय एकैसाथ देख्न सकिन्थ्यो। तर उसले उसको त्यो अनुहारको भाव लुकाउने कोसिस गर्दै मलाई सम्झाउन थाल्यो। उ आफ्नो पारिवारीक मिलनको तयारीमा व्यस्त भएर होला मेरा भावनाहरु लाई बेवास्ता गर्दै आफ्नै तर्क र कुराले मलाई भाषण दिई रहेको थियो मेरो त्यस्तो चहान गर्नु गलत हो रे हाम्रा सम्वन्ध समाजको नजरमा गलत हो रे। सायद उसको लागि हाम्रो सम्वन्ध एउटा क्षणिक शारिरीक इच्चा पूर्तिको माध्यम थियो होला तर मेरो लागि यो जीवन बाच्ने आधार थियो। दुई आत्माको मिलन।
जति जति उसको श्रीमति आउने दिन नजिकीन थाले उति उति उ म बाट टाढा टाढा हुन थाल्यो। व्यस्तताको वाहान वनाएर उ मलाई नभेट्ने मौका छोपि रहन्थ्यो। उसको श्रीमतिसंगको उसको मिलन पछि उसले मलाई पूर्ण रुपले तिरस्कार गर्न थाल्यो। सायद उसलाई अव हाम्रो सम्वन्ध बोझ लाग्न थालि सकेको थियो। तर पनि म उसलाई गुमाउन चाहदिन थिएं। म आफैं उसलाई सम्पर्क गरीरहन्थें, रुएर, तड्पेर दयाको भिख माग्थें, मसंग भेट्न, मसंग कुरा गर्न आग्रह गर्थें आंशुका धारा संगसंगै म मेरा मनका बेदना सुनाउन खोज्थें। मेरो आंसुले त उसलाई के पगाल्थ्यो खालि मैले आवेशमा आएर उसको श्रीमतिलाई हाम्रो सम्वन्धको बारेमा भन्देला र उसको खुसहाल पारिवारीक जिवन तहस नहस होला कि भन्ने डरले कुनै बेला मसंग भेट्न न त आउथ्यो तर आए पनि म संग अनावश्यक रिसाउथ्यों, झगडा गर्थ्यो, मलाई गालि गर्थ्यो। एकदिन त उसले साफ साफ भन्यो ूतेरो आंशुले मलाई कुनै असर गर्दैन, यदि म विना बाच्न सक्दिनस भने मलाई संधैको लागि छोड देू उसका यस्ता वचनले मन छिया छिया भयो। उसको परिवर्तित व्यवहार देखेर सारै चित्त दुख्थ्यो तर पनि मनलाई सम्हाल्थें र आफूले आफैंलाई सान्त्वना दिंदै साच्ने गर्थें उसले जे जस्तो व्यवहार गरे पनि कमसेकम उसले मलाई माया त गर्छ। त्यहि झिनो आशाका साथ म उसलाई हरेक दिन सपर्क गर्न खोज्थें तर उ सधैं मलाई इग्नोर गर्थ्यो। अचेल उसलाई मसंग भेट्नै मन लाग्दैन थियो तर पनि म जवरस्ती अनेक वाहानमा उसलाई बोलाउने गर्थें। कहिले काहीं उसले मेरोबारेमा पनि सोचि दियोस भन्ने चाहन्थे, मेरा पिढा, मेरो आंसु, मेरो एक्लो पनको तनावालाई बुझिदेओस भन्ने चाहन्थें र उसंग भेटेको बेला आफ्ना मनका कुरा पोख्ने कोसिस गर्थें तर उसलाई अचेल यस्ता भावनान्मक कुराहरु वाईयात लाग्न थालि सकेका थिए। उ पुंजिवादी एवं सामराज्यबादी समाजको दास भई सकेको थियो। उ आफ्नो नयां नयां ठूला ठूला घर नयां गाडि तथा श्रीमतिका भौतिक इच्छा पूर्तिमा तल्लिन थियो। उभित्रको मानविय सम्वेदना सायद मरिसकेको थियो त्यसैले होला अव उ मसंग पूर्ण रुपले सम्वन्ध तोड्न चाहन्थ्यो। उ आफू स्वतन्त्र रुपले आफ्नो परिवारसंग श्रीमतिको इमान्दार पति भएर आफ्नो जीवन खुशि साथ विताउन चाहन्थ्यो त्यसैले एक दिन उसले मलाई कहिल्यै नभेट्ने र कहिल्य नबोल्ने कसम खायो। उसको त्यो कसमले मेरो जीवनमा बज्रपात गर्यो। त्यति गर्दा पनि उसलाई मैले भुल्न सकिन, उप्रतिको मेरो चाहान, मेरो माया, मेरा विश्वासमा अलिकति पनि कमि भएन र फेरि पनि उसलाई सपंर्क गर्न खोजें तर उबाट कुनै प्रतिउत्तर नआए पछि म पनि एक पल्ट सोच्न बाध्य भएं। सायद मेरो मायामा नै केहि कमि भयो होला या उसलाई पाउने स्वार्थमा उसको खुशिको पर्वाहनै गरिन कि। सायद उसलाई मेरो मायाको मेरो साथको चाहानानै थिएन कि, उसको लागि हाम्रो प्रेम केवल क्षणिक थियो जसले उसलाई तनाव मात्र पो दिई रहेको थियो कि। त्यस पछि मैले निर्णय गरें म प्रेमलाई प्राप्ती होइन् त्यागको रुप दिन्छु जसले गर्दा कमसे कम उ त खुशी हुन्छ उ त सुखी हुन्छ। मेरो उ बाट टाढा हुने फैसला सुने पछि उ अत्यन्य खुशि भयो त्यति खुशि उसलाई पहिला मैले कहिल्यै देखेको थिईन्। उ अझै पनि खुशि छ उ आफ्ना भौतिक विलाशिताका सपनाहरु पूरा गर्न व्यस्त छ, श्रीमतिसंगको प्रेममा आफूलाई हराई रहेको छ उनीहरुको प्रेमको निशानी यो धर्तिमा आउने क्रम जारी छ।
म उसको जिन्दगीबाट, उसको सहरबाट धेरै टाढा गईदिएं त्यस पछि हाम्रो कहिल्यै भेट भएन। तर जहां भए पनि म संधै उसैको भएर जिवन विताउने छु। उसैकोबारेमा सोचि रहने छु। उनै मेरो जीवनको पहिलो र अन्तिम पूरुष हुने छ।
कुनै बेला एक्लै वसेको बेला सोच्ने गर्छु त्यो मेरो छ वर्ष अगाडिको महान पूरुष एउटा आदर्श पूरुष जसमा अथाह मानविय संवेदना, प्रेमका अविरल भाव, प्रगतिशील सोच, सहयोग र सद्भावना अनि अनगिन्ती मायालु शव्दहरु थिए। जो अतिनै साधारण तर पढेलेखेको सुसिल व्यक्ति थियो संधै सामाजिक न्यायको कुरा गर्थ्यो र अन्यायको विरुध्व लड्नु पर्छ भन्थ्यो। उ कसरी आज स्वार्थी र महत्वकांक्षी भयो। कसरी यस्तो विवेकहिन र निस्ठुरी भयो। कतै उसलाई पनि ठूला शहरमा फैलिएको विलाशिता, प्रतिस्पर्दा, महत्वकांक्षा, दमन, स्वार्थ र इर्श्या रुपी रोगले त समातेन? तत्र यस्तो समाजमा प्रतिश्ठीत तथा ज्ञानी पुरुषले एउटा निर्दोस आईमाईको भावनासंग खेलबाड गरेर उसंग झुटो मायाको नाटक गरेर कसरी निदोर्ष आईमाईलाई मानसिक यातना दिन सक्छ???
August 15th, 2010
एस.के. सुवेदी, लन्डनन
(स्रोत : Mysansar.com)