~दिपक घर्ति मगर~
फुल्न लागेको फूललाइ जरैबाट गोडे पछी ।
जिउन एक्लै लाग्याछु उन्ले मलाई छोडे पछी।
तिमि सधै फैली रहु मेरो चिन्ता नगर भो।
सगै जिउने बाचा क्षण भरी मै तोडे पछि।
भगवान सग साची राखी जोडेको यि हात।
बाच्नु को अर्थै छैन सपनाहरू फोडे पछी
उन्कै दिल को देउता ठानेको थिए मैले
के नै भन्न सक्थे र यहा अन्त मन मोडे पछि।
सदा खुशी हुनु तिमी सदा मेरो कामना
कहिल्यै याद नगर है पराइको घुम्टो ओडे पछि
नाम:-दिपक घर्ति मगर
ठेगाना:- रामपुर दाङ
हाल:- ईन्डिया दिल्ली
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )