~सूर्यविक्रम याक्खा~
आज विहान हाँस्दै हिड्थ्यौ
रिसायौकी किन ? वोल्दीनौ ,
नजर छोपी घुम्टो ओढी ,
लजाएर हो की किन ? मुख खोल्दीनौ ।
डर लाग्छ , कत्ता-कत्ता मुटुभित्र
काँडा वनी रोपी दिने हो की ,
संकै-संकामा जलिरहयो ,
दिलको चुरा ,पोते चुडार्इ दिने हो की ,
दैव माथि विश्वास राखी
भाग्यले नै तुना-तुङ्गली झोली दिने हो की ।
कसो गरौ ,के गरौ ,
छट्पटीमा वाँची दिदाँ ,
दिनको दिनै तिम्रो माया
गाढा वनी छार्इ दिदा ,
घार्इते पार्ने के छ ति म्रो जादु-टुना ….,
पल-पल सपनमिा छाँया वनी आई दिदाँ ।
मिठो मुस्कान -आँखा भरी आँशु
वाई-वाई -को हात हल्लाउदा ,
जोस चल्छ , जागर लाग्छ ,
मरुभूमीमा अन्न-पात फलाउदा ।
माना-पाथी तुलो लिई
पसिनाको मोल जोखिकन ,
फर्की जाने छु , आफनै घर आफनै देश ,
विचार वोककिन ।
मुग्लानीमा भाग्य मेरो नफापेकै हो की ,
तुना-तुङ्गली झोली मलाई भिराएकै हो की ।
आज विहान हाँस्दै हिड्थ्यौ रिसाएकै हो की ,
नजर छोपी घुम्टो आढी लजाएकै हो की ……!!
मिति २०१०/०७/२०/०३
मोरङ्ग, हाल – साउदीअरव रियाद
(स्रोत : कविता कुसुम)