~तीर्थ संगम राई~
थोरै आँशु थोपा-थोपा मेरो लागि साँचीराख ।
पीर नगरी पल-पलमा मेरो लागि बाँचीराख ॥
सक्छौ यदि प्रतिक्षाको क्षण-क्षणलाई बाँधीराख ।
सम्झनाले पीरोल्छ भने तस्वीर चुम्दै हाँसीराख ॥
ह्दयको कुना-कानी तिमीले मलाई नपाउँदा ।
मेरो घरको गल्ली-गल्ली सधै तिमी जाँचीराख ॥
तिम्रो ूशंगमू परायसगँ टाढा कतै बिलाउँदा ।
ह्दयको झ्याल ढोकामा ताला चाबी हालीराख ॥
मान्छे नै हुँ म पनि गल्ति मबाट हुन सक्छ ।
दिन सक्छौ माफि भने थोरै माफि साँचीराख ॥
~तीर्थ संगम राई
स्यामुना
लेटाङ्ग—७, मोरङ्ग
हाल—दोहा, कतार
(स्रोत : रचनाकारको ब्लगबाट सभार)