~पूर्णिमा पिम्मी~
विहानको मिर्मीरे घामको किरणसँगै
सुरुहुन्छ हङकङको जीवन
मनमा असंख्य पीडा भए पनि
वाध्यताले काम गर्नु परेको छ नि
सबको आआफ्नै पीडा अनेक
पीडा नभएको त नहोला एक
सुन्दर छ गर्व लाग्छ हाम्रो देश
तर त्यो भईसक्यो एकादेश
मुलुक भरी अशान्ति अनि महङ्गी
सवै जनताले रहेछ भोगी
आउँनु परेछ विदेशी मुलुकमा
छैन काम हाम्रो देशमा
नयाँ पुस्ता आउँन चाहेर पनि
आउँन नपाई बसीरहेछ खुम्चि
देश अशान्तिको कारणले
मुहान बन्द भएको छ नाकाबन्दिले
जति छन् ती पनि बिलाउँदैछ हङ कङ मै
सबको चाहना हुन्छ इच्छा पुरा गर्नु नै
कोही लिइदै छ आई.डी.
त कोही हुँदैछ रिफ्युजी
अरु जति छन् औंलामा गन्ने
यी आवाज कसले सुन्ने
नोकरीको केहि छैन भर
कुनै पनि वेला निकालिने डर
निकालिए बन्यो कि त रिफ्युजी
नत्र नेपाल गयो फर्कि
फर्कि गए निभ्ने भयो दियो
नजाउँ त रिफ्युजी हुने भो
हामी पनि नेपाली जनता हौं
नेपाली अस्तित्व बोकेका छौ
खोल्नु पर्यो त्यो नाकाबन्दी
फर्किनु परे पनि आउँन पाउँ फेरि
हेप्पीएर हैन डटेर गर्नेछौ काम
इमान्दारी हाम्रो पहिचान
यो हाम्रो आवाज सबको कानमा पुगोस्
बन्द गरिएको “नेपाली भिस्सा” पुन खोलियोस्
(स्रोत : कविता कुसुम)