~सार्थक सिम्खडा~
राम्री गोरी मेरी प्रेमिका म परे ध्वान्से काले
नजर जुधे ओठ बोले माया जुर्मुराउन थाले
मोटी थसुली मेरी प्रेमिका म परे ख्याउटे मरनच्याँस
अधर् मिले इशारा पाएँ मेटाएँ जवानीको प्यास
धनी पुजिपती मेरी प्रेमिका म परे गरीब सर्बहारा
तन मिले मन मिले आँफैलाई बोकाए मायाको अभिभारा
प्रजातान्त्रिक धार कि मेरी प्रेमिका म परे कम्युनिस्ट धार
जिउन सँगै सक्दिनन रे हे भगवान नबदले मैले पार्टिको धार
(स्रोत : रचनाकारको ब्लगबाट सभार)