कथा : राजमार्ग छेउको पसल

~विश्व घिमिरे~

राजमार्गको छेउमा २ पुरिया चाउचाउ १ जर्किन ठर्रा र केही बिस्कुटका पोकाहरु राखेर के आम्दानी होला र कसरी जीवन गुजारा होला भन्ने प्रश्नले मलाई कोट्टाएको धेरै अघिदेखि हो। समयसँगै सबै कुरा थाहा होला नि भन्ने ठान्थें। आफूलाई कौतुहलता जगाएका कतिपय प्रश्नहरुले समय बित्दै जाने मेसोमा उत्तर दिँदै जाने रैछन्। त्यसरी नै यो प्रश्नले पनि मलाई एउटा परिवन्दमा पारेर उत्तर दिई छोड्यो। एक अर्थले रमाइलो पनि लाग्यो।

म चढेको रात्रिबसले थानकोटको चेकपोष्टलाई पछि पारेर यत्रा लम्ब्याउँदै थियो। साथी कोही थिएनन् तर रातको समयमा निन्द्रा भन्दा प्यारो साथी को मिल्न सक्ला र ? त्यसैले एक्लै हुनुमा कुनै दुखेसो थिएन। समय त्यस्तै बेलुकीको ५ बजेको हुनुपर्छ। मंसिरको याम थियो वर्षामा बहेली खेल्ने धानका गरामा कुन्यू लागेका देखिन्थे। रात पर्न सुरु भएपनि भुराहरु बाली उठाएका धानका गरामा टालाको भकुण्डो उफार्दै गरेको देखिन्थ्यो। पश्चिम तिरको दृश्यले घामको प्रभाव कम हुँदै गइरहेको थाहालाग्थ्यो। उसो त बढ्दै गरेको अँध्यारोले समेत त्यही कुरा भनिरहेको जस्तो लाग्थ्यो। झ्यालबाट बाहिरको संसारमा हराएको ले नौबीसे काटेको ख्यालै भएन।

– दाइ टिकट
कन्डक्टर मोरोले झस्याङ्गै बनाईदियो।
– ई ल !

उसले लम्बाई तिरको भागमा च्यातेर चिनो लगायो
– ल लिनोस् !

बस भित्र सबै तिर हेरेँ खासै धेरै यात्रु थिएनन्। म बसको दायाँ तीर झ्याल पट्टी बसेको थिए। मेरा २-३ सिट पछी एक बयष्क दम्पत्ति थिए। केही अगाडि ४-५ जना अरु यात्रु थिए। बायाँ पट्टी मेरै उमेरकी एउटि बिबाहिता थिई।

– ए गुरुजी झ्याङ् तिर यसो रोकम् न गार्हो भो

एक्कासी अगाडि बसे मध्येको एउटा कुर्लियो। हुन त कुरो ठिकै हो। ज्यान हलुको पारेर सु्त्न पाए टन्टै
खलाँस। कन्डक्टरले डाईबरको सट्टा गाला बजायो

– यतातिर रोक्ने ठाँउ छैन अलि पर

त्यो यात्रु केही बेर फतफतायो र पछि चुपलागेर बस्यो। बिचारालाई गार्है भएको रैछ भन्ने ठानेँ। १०-१५
मिनेट पछी बस रोकियो झ्याङ छेउमा अनि कन्डक्टरले उर्दि लायो।

-ल पिसाब गर्ने जति झर्नुहोस् है ।

त्यो फतफताएकोलाई धेरै नै राहत मिल्ने भो भन्ने सोचेँ। अलि अध्यारो भईसकेकोले महिला यात्रुलाई समेत सजिलो भो पक्कै। मैले पनि बोझ हलुको पारेँ। बस त्यहाँ केही बेर रोकियो अनि फेरी हुईँकियो। बोल्ने साथि कोहि नभएकोले एउटा गित गुनगुनाउदै थिए कुनबेला फूस्सै निदाएछु थाहै पाईन। बिउझँदा बस रोकिएको थियो बस भित्रका केही बत्तिहरु मलिनो बलेका थिए र अश्वभाबिक शुासान थियो। म अलि झस्किएँ। झ्यालबाहीर हेरें कोसैं कोस टाडाका पिलपिले बत्तिहरु मात्रा देखा परे। बस किन यस्तो अनकन्टारमा रोकेको हो ठम्याउन सकिन। त्यही मेरी उमेरकी आईमाई केही नजिक भएकी ले त्यसलाई सोधें।

– सुन्नुस् न बस् किन रोक्या हो ?
– खै के जाति हो बिग्रयो रे ३-४ घण्टा लाग्छ भन्याथ्यो त्यो उत्तउलोले। अलि पर एउटा भट्टी पसल रैछ मैले त त्यहीबाट एक प्लेट सेकुवा ल्याकी।

यति भनेर उ मुसुक्क हाँसें झै लाग्यो।
– मलाई पनि भोक त लाग्या छ ल त म पनि त्यतै लाग्छु।
– ल ल नअगाउन्जेल खानुस् है त।

उसको चेपारेको चासो नगरी म निस्केँ। चारै तिर हेरेँ दायाँ तिर केही पर मलिनो उज्यालो देखेँ। म त्यतै लागेँ। ढुंगाको गार्हो लगाएको पुरानो घर जस्तै लाग्थ्यो अध्यारोमा। सडक तिरको ४ बटा ढोकाहरु मध्ये एउटा ढोकाको दुईवटै खापा खुलेका थिए र ज्यादै पुरानो जस्तो लाग्ने छोटो पर्दा पानि झन्डिएको थियो। गुनगुन आवाज बाहिरै सम्म आएकोले भट्टीको रौनक भित्र नछिरिकनै ठम्यमउन सकिने खालको थियो। बाहीर आगनमा ३-४ वटा मटरसाईल र एउटा ट्रक थिए।

-बस्नुस् ।

ढोकाबाट छिर्न नपाउदै बोलावट आयो भट्टी साउनीबाट।

-साउनिको बोलि त मोहनि लागाउला जस्तै रैछ नि ।

मैले ठेलेँ। साउनि सार्है फरासिलि रैछिन् कि जस्तो लाग्यो। यसो हेर्दा बिहे भइसकेको देखिने छेडेको नाक कालो र लामो कपाल प्वक्क परेका गाला र सलक्क परेको खँदिलो ज्यान ।

– के टोलाई राख्या हो बस्नु भन्या।
– ए ल ल
– कान्छि त्यहा सरलाई के हो जा त।
– आईहालेँ दिदि (नेपथ्यबाट) ।

एकैछिनमा १७-१८ बर्षकि केटि आई म बसेको टेबुल निर।
– के ल्याम हजुरलाई ?
– एकै छिन् पछि आउन, हुन्न ?
– आऽऽ अहिलेनै भने भैगो नि

त्यती भनेर मुन्टो बटारेर गई त्यो नखरमौली। खासमा भन्दा म साउनिलाई रामरी हेर्न चाहन्थेँ तर अनायसै मेरा आँखा भट्टी निरिक्षण तिर लागे। ठाँउ सानै थियो २ वटा टेवल मात्र देखेँ म बसे तिर। भित्र कतै अलिक गोप्य किसिमको ठाँउ पनि हुन पर्छ किनकि हल्ल अन्यत्र कतैबाट आएको थियो। भित्तामा कतै गोरखापत्र टाँसिएका त कतै कान्तिपुर। माथी कालो ध्वासो लागेका निदालहरुले अध्यारोलाई नजानिने गरी सघाईरहेका। मेरो सम्मुखको, साउनि पछाडीको दरजमा केही चाउचाउका पोकाहरु बिस्कुट मिठाईका डब्बाहरु र केही दामी मदिराका बोतलहरु थिए र साउनिको अगडीको टेवलमा ३-४ किसिमका
सित्तनका भाडाहरु। उनको ब्यबसायमा लागत खर्च मैले खासै देखिन।

मैले आँखालाई उनि तिर तन्काएँ ।

– हैन के हो ? केही खाने हैन भन्या ? कि मलाई नै खाने सुर छ । (आँखा सन्काउदै)
– ल ल खाने एकैछिन थकाई मारौं भन्या पाइएन बा। लौ एक गिलास दिनु न त।
– ए कान्छि एक गिलास उता ।

उसले कानै खाने गरी फलाकि।

– अनि सित्तन
– एक प्लेट भुटन ।

रात छिप्पिदै थियो तर बासको टुङ्गो थिएन। बस मर्मत भइसक्न कति बेर लाग्ने हो थाहा थिएन। कापकुप खाई‌ओरि म उठें र पैसा तिर्न लागें।

– कति हो ?
– अँऽऽऽ के के रे ?
– १ गिलास अनि १ प्लेट भुटन ।
– २० र ३०। दुबै गरेर ५० भो तर ४५ दिदाँ हुन्छ नयाँ भाकोले।
– ल
– आउदै गर्नुस् है । छिटै नस्कनुभो, मन बहलिएनकि ?
– त्यसो हैन

फिर्ता पैसा नगनि बस भए तिर हुर्रिएँ।

कन्डक्टरले खुव सकससँग बस मुनि उत्तानो लम्पसार परेर छेउमा पिलपिले बत्ति बालेर टक्र्याटुक्रु गर्दै रैछ।

– भाई कति बेर लाग्ला ?
– खै दाइ ३-४ घण्टा लाग्छ कि ।
– ए बेरै लाग्ने पो रै छ त ।

म फेरी भट्टी तिर लागेँ। छिर्न नपाउदै साउनिको चेपारे सुरु भई गो।

– मेरो भट्टीमा एकपटक छिरेपछि फर्केर नआउने कमै छन्। अझ तपाईं ले त चाख्न पर्ने कुरा त चाख्नु

भा कै छैन।

तिनको कुरामा त्यती चासो नदिई एक छेउ तिर गएर बसें।

– के ल्याउँ तपाईंलाई ?
– के छ पेट भरी हुने कुरो ?
– के को पेटभरीहुने कुरो नि ? यहा त मान्छेहरु “मन भरि” हुनेकुरो बढि मन पराउछन्।

मन मनै “बोल्न खप्पिस रैछे” भन्ने ठानें। यसरि बोल्छे कि मानैं मलाई बर्षै देखि चिन्छे।

– लन्त ल के हो मन भरि हुने कुरो पाम ।
– हा हा हा हा हा। सार्है सोझो हुनुहुदो पो रैछ त तपाईं त। भुटेको आलु र एक गिलाँस दिउँ । ए

कान्छि कान्छि । हैन कता मुनेटिछे यो। साँईली ए साँईली यता आईज त। ए साँच्चि उता पो गाछन् क्यारे। यती भनेर आँफैले म भाको टेवलमा ल्याएर राख्दिई। जाबो त्यती ले के भोक मर्थ्यो। खाँदै थिए एक्कासि चर्पि जान मन लाग्यो।

– ओ साउनि ल्याटन कता हो ?
– उ त्यता (चोर ओेलाले देखाउदै)

चर्पी जाने क्रममा दायाँ पट्टि मैले गोप्य भन्ने ठानेको ठाउँ देखें। ढोका खुला थियो तर पर्दा भने लागेको थियो। स्त्रीहरुका चर्का चर्का खित्काहरु कोठाका भित्ताले थाम्न नसकेर होला बाहिरै सम्म प्रस्ट सुनिएको थियो। अलि पर ३ ४ ‌ओटा कोठ भएको टहरो पनि रैछ झ्याल भने थिएनन् ढोका लागेका थिए तर ढोका मुनीको मलिनो उज्यालोको धर्सोले भित्र कोहि छ भन्ने जनाउथ्यो। मैले गेष्ट हाउस पनि रैछ कि भन्ने ठानें। आफूलाई बासको कुराले पिरोलिरहेको ले यो कुराले केही ढाडस दियो। चर्पीबाट फर्कें र साउनिलाई सोधेँ।

– यहा बास बस्न मिल्ने कुरो पनि हुन्छ त ?
– हुन्छ हुन्छ, तर बिशेष पाउनालाई मात्र ।
– मैले कुरो बुझिन नि ।
– एकै छिनमा बुझ्नुहुन्छ ।

म फेरी त्यही टेवल तिर लागेँ।

– १ प्लेट आलु मलाई
– ए साँईली सरलाई आलु लग्दे त।

त्यही साँईली भनउदी होलि साउनिको नजिक पुगी। खै के खासखुस गरे मैले सुनिन। साँईली पनि गोरो व‍णकि १६-१७ बर्ष तिरकि जस्तो देखिने खाईलाग्दो ज्यान परेकि रैछे। आलु लिएर म भएको टेवल तिर आई।

– ल लिनोस्। तपाईंलाई आज रातिको लागी सुत्ने कोठा चाहीएको हो ?
– हो
– डवल बेड भाको को ५०० रुप्पेँ लाग्छ।
– म त एक्लै हो मलाई किन बडेमानको खाट चाईयो र ? मलाई त १ जना अट्ने भए त भईगो नि ।

तैपनि गाडीको पुर्जा बन्यो भने त त्यो पनि चाहिन्न।
– तर यहाँ बस्नेहरुले त डवल बेड नै मन पराउछन् क्यारे। फेरी हाम्रो मा सिङ्गल बेड भाको कोठा नै कहाँ छ र ।
– कस्तो अचम्म । अनी डवल बेड भाको को ५०० रे
– अँ
– किन त्यती सार्हो महगो नि।
– थप सुबिधाले । हामी ३ ‌ओटि मात्र छौं नि त्यसैले पनि।
– ल ल म बस्न परेमा भनौंला ।

त्यत्तिकैमा आलु भाको प्लेठ पनि रित्तियो। फेरी एक प्लेट मगाएँ। त्यो कान्छि भन्ने फेरी फर्याकफूरुक गरेको देखियो तर पहिलेको भन्दा भिन्न पहिरनमा थिई। अव भने पेटले राहत पाएको महशुस भयो। एक्कासी एउटा बोलाईले झसंड् पार्यो।

– बेसिशहर जाने बसको कोही हुनुहुन्छ ?
– म छु

बाँकी पैसा तिरेर र म हत्तारीदै बस भएतिर दैडें।

म भित्र छिर्नासाथ बसले बाटो ततायो। म मेरो सिटमा गएर बसें। मनमा धेरै कुरा खेल्न थाले। त्यो भट्टीमा मैले थोरैनै समय बिताए पनि मैले धेरै कुराको अनुमान लगाउन सक्ने भएँ। एउटा के कुरामा म पक्का भएँ भने राजमार्गमा आम्दानी गर्न २ पुरिया चाउचाउ १ जर्किन ठर्रा र केही बिस्कुटका पोकाहरु राखेर सकिने रैछ किनकि ती त देखाउने कुरा मात्र न रैछन्।

February 28th, 2010

(स्रोत : Mysansar)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.