~काली प्रसाद रिजाल~
केहि मिठो बात गर, रात त्यसै ढल्किंदैछ
भरे फेरि एकान्तमा रुनु त छंदैछ २
रमाइलो कुरा गर, सपनाको कुरा गर २
सँग सँगै बिताएको सम्झनाको कुरा गर
दु:ख छोड दु:खलाई त जिन्दगानी छँदैछ
भरे फेरि एकान्तमा…
आउ नाचौं अँध्यारोमा, जुनकिरी नाचे जस्तै २
बतासमा उडौँ आज, सिमलको भुवा जस्तै
दुई कदम साथ हिँडौ, छुटिनु त छँदैछ
भरे फेरि एकान्तमा…
शब्द: काली प्रसाद रिजाल
संगीत: नारायण गोपाल
स्वर: नारायण गोपाल