कविता : चित्रकार बुवा

~डी. वी. पालुङ्वा~D B Palungwa

मेरो बुबा असल चित्रकार हुनुहुन्थ्यो
र यो कलात्मक चित्र अपेक्षाकृत
दर्शन र ब्रम्हाण्डको एउटा कुनामा
आफनो खेत इमान्दारिताका साथ खन्दछ
र आफनो खेत खन्दा अर्काको सांध नमिचेर
एउटा आदर्श किशानको अहम् भूमिका निभाएर
मुन्धुम फलाक्ने त्यो चित्र त्यो फेदाङमा
जो हरेक वर्ष न्वांगी पुजा गर्दछ
उधौंली उभौंली पुजा गर्दछ
र चासोक तङनाम् मनाउछ
र तागेरा निङवाफ्माङलाइ साक्क्षात त्येही भेट गर्दछ
र त्यो विशुद्ध चित्रमा पापको कुनै बिम्ब छैन
अत पाप मुक्त हुन वैवल पढ्नु दरकारै छैन
वैवल घोक्नु सरोकारै छैन
नवाज पढ्नु हाम्रो रितमै छैन
कुरान घोक्नु हाम्रो रिवाजमै छैन
अनि म को हु भनेर पाष्टरले
मलाई चिनाइ दिनु परेकै छैन
र आफनो मुल घरको ढोकाबाट वौलाएर
दिन दहाडै र्स्वर्ग जाने बाटो खोज्नु
अकर्तब्यहरुको संसार रोज्नु छैन
र कसैको घोडा बांध्ने अस्तवल चाहार्नु छैन
र यो किपटको मालिक मोही भएर
कसैको मठमा गएर तिरो बुझाउने छैन
र कुनै साम्राज्यबादी पुजारीलाइ प्रणाम् गर्ने छैन
र कुनै साम्राज्यबादी पुजारीको खराउलाई
पोष्टकार्डमा खरिद गरेर
युमासाम्माङको थानमा सजाउनु छैन
आत्मघाती डाक्टर बनेर
आफनै शरिरमा सियो घोच्ने अपराधी हातहरु हुने छैन
ब्राउन सुगर र अफिम्को सर्को तान्ने नाक हुने छैन
डायलको स्वाद फड्कार्ने जिव्रो हुने छैन
सद्धाम् हुसेन्को मृत्यु दण्ड हेर्ने आंखा हुने छैन
र तिम्रो मृत्युको खवर सुन्ने कान् हुने छैन
र यी अवयवहरु पांचौ ज्ञानेन्द्रीय नभएका चित्र हुने छैन
र यी इन्द्रियहरु निस्क्रिय भएर अमुर्त चित्र बन्ने छैन
अब तिमी नै भन
यो चित्रमा के के हुने छैन ?
छैन भने अब मेरो बुवा जस्तै कुशल चित्रकार बनेर
एउटा असल तस्वीरको आदर्श चित्रकार वनेर
त्यस्तै सपना बुन्ने तिम्रो पृय रङ्गीन चित्र
तिम्रो कौशल्यतामा झुकेर सधैं प्रणाम् गर्दछ ।
कविता उनै असल चित्रकार बुवाहरुको निमित्त ।

हङकङ

(स्रोत : कविता कुसुम)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.