~सञ्जय भट्टराई~
टुटाउनु नै थियो मेरो मुटु, त माया लायौ किन,
सातै जुनि तिम्रै हुन्छु भन्थेउ छाडी आज गयौ किन ?
जाली रहिछेउ तिमी, फसाएउ मायाजालमा,
तोड्नुनै थियो वाचा सारा झुठा कसम खायौ किन ?
सातै जुनि …
भनेकै थिएँ तिम्रै लागि मरिमेट्छु सदा,
के देख्यौ कमि म मा, अन्तै तिर सल्केयौ किन ?
सातै जुनि …
आफुँलाइ भन्दा बढी माया गर्थे तिमिलाई,
आभास हुँदा हुँदै हाम्रो सम्बन्ध तोडेउ किन ?
सातै जुनि …
तिमी हाँस्दा हाँसेकै थिएँ, रुँदा तिमी रोए पनि,
तिमी सम्झी रुँदा आज निस्ठुरी बनी हाँसेउ किन ?
सातै जुनि …
स्थायी ठेगाना: केशवटार-९, रामकोट बेशी, तनहुँ
हाल: लेखनाथ-१२, कास्की
मिति: २०७३ बैशाख ९ गते
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )