कविता : अवसान

~समृद्धि ‘शायद’ ~Samridhdhi Sayad_1

साथीहरु सोध्छन्”खै! नयाँ केही”
जवाफमा एक जोर ओठहरु तन्काउछु ।
“किन?यस्तो आजभोलि”
प्रश्नहरुको ओइरो खेप्न नसक्दा
प्रश्नहरुको ओइरो खेप्न नसक्दा,
फुत्त शब्द निस्कनछ ,
“अवसान”
“कस्तो नि !”-ठिमाहाहरुको प्रश्न ।
कस्तो-कस्तो मलाई नै थाहा भएन ।
बैंशमा रहरहरुको अवसान
आवश्यकताहरुको लर्कोमा प्रेमको अवसान
प्रेममा आत्मियताको अवसान ।

समयको उत्तरार्धसँग
खुशीहरुमा बैंशको अवसान
इच्छाहरुमा जाँगरको अवसान
ढर्रामा जीवनले,
नौलोको अवसान गरिएछ ।
“अवसान”
गर्ने क्रम जारी छ
केही न केही ,कतै न कतै
शायद
लत नै बसेछ क्यार् !
र त
सम्बन्धहरु पनि
त्यसै-त्यसै विना कारण
अवसान
गर्ने चस्का पसेको छ म भित्र ………

कोटेश्वर काठमाडौं

(स्रोत : कविता कुसुम)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.