~गौरव पोख्रेल~
‘आज पनि साथीहरूले जिस्क्याए ।’, हरिप्रसाद मनमनै गुनगुनाउँदै छ, ‘अब त विद्यालय पनि जान मन लाग्न छाडिसक्यो ।’
ब्राह्मण परिवारमा जन्मिएको उसको टाउकोमा लामो ‘टुप्पी’ छ । उसका बुबा सधैं पण्डित्याइँमै व्यस्त छन् । बुबालाई उसले लामो ‘टुप्पी’ राखेकै कारण भोग्नुपरेको व्यथाको बारेमा कल्पना नै छैन । यता, दैनिक पूजापाठमै व्यस्त रहने आमालाई पनि उसको व्यथा सुन्ने फुर्सद छैन ।
जब विद्यालय जाने समय हुन्छ तब उनको व्यथा चरम उत्कर्षमा पुग्छ । उनका साथीहरू लामो ‘टुप्पी’ लाई लिएर गिज्याउन सधैं तँछाडमछाड गथ्र्ये ।
‘ओए… टुप्पे आयो १ ओए… टुप्पे आयो १’ विद्यालयमा प्रवेश गर्नेबित्तिकै साथीहरू जिस्क्याउन सुरु गर्छन् । सधैं यही क्रम दाहोरिरहन्छ । ऊ निक्कै चिन्तित छ अहिले । साथीहरू ‘टुप्पी’ तानेर वाक्क लगाउँछन् । आफूसँगै पढ्ने साथीहरूले ‘टुप्पी’ को विषयलाई लिएर गर्ने आपत्तिजनक व्यवहार देखी ऊ दिक्क भएको छ ।
एक दिन त, साथीहरूले उसको ‘टुप्पी’ मात्र तानेनन्, उनलाई पिटे पनि । साथीहरूले गिज्याएर मानसिक तनावमा रहेको ऊ अब शारीरिक तनाव पनि खेप्न बाध्य भयो । ‘अइया… अइया…’ रुँदैरुँदै एक दिन ऊ गुरुबा भएको ठाउँमा पुग्छ । समस्या हल हुन्छ भन्ने सोचमा छ ऊ । तर, विडम्वना १ गुरुबाका तीता शब्दहरूले उसका आशाहरूमाथि कालो बादल लगाइदिए । गुरुबाको उत्तर थियो, ‘‘लामो ‘टुप्पी’ भएकोलाई ‘टुप्पे’ नभनेर कसलाई भन्नु त १ साथीहरूले ठीकै त भनेछन् नि !’
ऊ सबैका लागि हाँसोको पात्र बनेको छ । सबैको व्यवहारदेखि आजित भएको छ हरिप्रसाद । एकपटक त उसले आत्महत्या गर्ने योजना पनि बनायो । तर, उसले फेरि विद्यालय जान छोड्ने निर्णय लियो ।
एकातिर साथीहरूले गिज्याउने, अर्कातिर घरमा अभिभावकले वास्ता नगर्दा उनी आफूलाई संसारकै एक्लो भएको महसुस गथ्र्योे । उसका लागि धार्मिक चलनका नाममा रहेको ‘टुप्पी’ पाल्ने परम्परा निकै कष्टकर थियो ।
यस्तो व्यवहारले उसलाई पढ्न पनि रुचि लाग्दैनथ्यो । आखिर कसले बुझ्ने हरिप्रसादको मर्म ? उसको व्यथा ? बाल मनोविज्ञानका बारेमा अनविज्ञ रहेका उसको शिक्षकले ? कि आफ्नो सन्तानप्रतिको उत्तरदायित्वबोध गर्न नसक्ने उसको बुबाआमाले ? साथीहरू त समाजले सिकाएको संस्कारको त उदाहरण दिँदै थिए ।
ऊ अहिले यो दिक्दारीबाट बच्ने उपायको खोजीमा छ । साथीहरूसँग हाँसखेल गर्ने र बुबाआमाको न्यायो माया र स्नेह पाउने उसको चाहना छ । यो समस्याबाट छुटकरा पाउन उसले ‘टुप्पी’ नै काट्ने सोच नबनाएको पनि होइन । तर, ऊ सोच्ने गथ्र्यो, ‘टुप्पी’ काटौं त एकातिर बुबाको पिटाइ र गाली खानुपर्ने डर…. नकाटौं त साथीभाइहरूले सधैं गिज्याइरहने डर ।’ ऊ निक्कै संकटमा थियो ।
उपाय खोज्न थालेको पनि साता बित्यो । महिना बित्यो । तर, कुनै उपाए निस्किएन ।
एक दिन रातिको कुरा हो, घरमा लुगा काटेर हैरान पार्ने डुहुरे मुसालाई उनलाई देख्यो । ‘धन्य डुहुरे १’ रातको करिब ११ बजे ऊ बुरुक्क उफ्रियो ।
उसले के सोच्यो कुन्नि १ बुबाले कपाल काट्न प्रयोग गर्ने कैंची ल्यायो । त्यसपछि आफ्नो ‘टुप्पी’ लाई चिरिक्… चिरिक्… काट्यो । अनि मुसा दगुरिरहेको ठाउँमा फ्यात्त फालिदियो ।
उसले ‘टुप्पी’ बाट छुटकरा त पायो तर अब परिणाम ? उसलाई निक्कै डर लाग्छ । ऊ खुसी पनि छ किनकि समस्याबाट बाहिर निस्कएको छ ।
जहिल्यै साढे ५ बजे उठिसक्ने ऊ त्यस दिन साढे ६ सम्म पनि सुतिराख्छ । अबेरसम्म पनि सुतिराखेको चाल पाएर बुबा उठाउन आइपुग्छन् । उनले कुनामा लामो ‘टुप्पी’ देख्छन् ।
उता, हरिप्रसाद भने बिउँझिसकेको भए पनि निदाएझैं गरिरहेको थियो । राति मुसाले चिँ.. चिँ…. गरेको सुनेका थिए बुबाले । मुसा यताउता डुलिरहेको देखेका हुन् । बुबाले के भन्ने हुन् भनेर निकै डराइरहेका हरिप्रसाद यसपटक भने साँच्चै खुसी भयो । मुसा कुदिरहने ठाउँमा टुप्पी देखेर बुबा चिच्याएका थिए, ‘लौ न नि… मेरो छोरोको टुप्पी मुसाले राति काटेछ ।’ यसरी उसले टुप्पी समस्याबाट छुट्करा पायो ।
आज उसलाई विद्यालयमा पनि कसैले ‘टुप्पे’ भनेर जिस्क्याउँदैनन् । अन्य साथीहरूसँगै उनी खेल्न थालेका छन् । टुपी नभएको उनको बुबालाई भने मन परेको छैन, किनभने टुप्पी ब्राह्मणको पहिचान हो ।
प्रकाशित: फाल्गुन १६, २०७२
(स्रोत : कान्तिपुर – कोपिला)