कविता : नव वर्षको शुभकामना

~जीवन शाही~

मुक्तिको विगुल फुकेर
वर्गसंघर्षको शंखनाद गरेर
क्रान्तिको ध्वजा फहराउन
यो सारा विश्वलाई एक बनाउन
प्रेरणा मिलोस् जनसागर उर्लोस
शुभकामना शुभकामना
नव वर्षको शुभकामना

वर्गमुक्तिको शिखर चढ्न
नयाँ युगको शिलान्यास गर्न
शुभकामना शुभकामना
नव युगको निर्माणको शुभकामना

राष्ट्रियता स्वाभिमानको
यो नेपाल र नेपालीको
लुटिएको अस्मिता बचाउन
पुछिएको सिन्दुर जोगाउन
नसा नसामा बगेको रगत उम्लियोस्
बोल्नै नसक्ने निर्धाको आवाज कुर्लियोस्
शुभकामना शुभकामना
यही नववर्षको शुभकामना

विखन्डनको भूमरिबाट मुक्त गर्न
आमाको बेचिएको शरिर फिर्ता गर्न
एक आपसमा काटमारको स्थिति बन्द गर्न
मानवीय एकताको वीजारोपण गर्न
मेचीकाली एक जुट भई दुष्मनका किल्ला ढाल्न
समानताको उद्घोष गर्दै
लालकिल्ला निर्माण गर्न
सिर्जनशिल बनोस नववर्ष
शुभकामना शुभकामना

चिर्न थालेको मुटुमा
मलमपट्टी बाँध्न
कुलिन पुँजीपति वर्गको
राज्य सत्ता तोड्न
निर्धाहरूको नौलो समाज निर्माण गर्न
नवयुगका सर्जकहरूलाई उत्प्रेरणा मिलोस्
साहस थपियोस
प्रेरक बनोस् यो नव वर्ष
शुभकामना शुभकामना

लालयोद्धाहरूको विकास र
कुलिन बैरीहरूको विनाश गर्न
सार्थक बनोस् नव वर्ष
शुभकामना शुभकामना

त्यतिबेला
जतिबेला नयाँ वर्षमा रातो घाम उदाउनेछ
त्यही रातो घामको किरणसँगै नौलो समाजको उदय हुनेछ
वर्ग विभेदको अन्त्य हुनेछ
समानताको दियो जल्नेछ
शान्तिको सन्देश फैलिनेछ
त्यही वातावरण सँगसँगै हरेक मनुवाले
उच्च समृद्धिको जीवन जीउन
सँगसँगै रम्दै जाने खेल्दै जाने अवसर आउनेछ
त्यसैले, त्यही नवयुगको पर्यावाची बनोस्
नव वर्ष
शुभकामना, शुभकामना, शुभकामना

उत्तरगंगा, सुर्खेत

(स्रोत : हाँक विक्ली – वर्ष २७, अंक २३ २०६७ – बैशाख १५ गते बुधबार )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.