~मनोज काफ्ले ‘मनसुन’~
एकान्तमा एक्लै रुने एक्लै हास्ने बानी पर्यो
झुल्के घामलग्यो पलमा घनाघोर पानी पर्यो
कर्म घर भो सेरोफेरो परदेशीका बाटाहरु
सफलताको आशैमात्र धेरै मलाइ हानि पर्यो
झुल्के घामलग्यो पलमा घनाघोर पानी पर्यो
सैशबमै जीवन ढल्यो नसा पिए सरी लड्यो
येस्तै हुने थाहा थियो रुनु जानाजानी पर्यो
झुल्के घामलग्यो पलमा घनाघोर पानी पर्यो
फेरी फर्की हेरेउ तिमीले ढकमक्क जोबन मेरो
नहेर भो छाती चिरी दुख्ख को यो खानि पर्यो
झुल्के घामलग्यो पलमा घनाघोर पानी पर्यो
(स्रोत : कविता कुसुम)