~दिपक घर्ति मगर~
सबैको मनमा खुशी दिन्छु भनी दौडि रहें ।
निस्वार्थ माया लिन्छु भनी दौडि रहें ।।
भनेको जस्तो जीवनमा कहाँ हुदो रैछ र ।
हजारौं को भिड्मा चिन्छु भनी दौडि रहें ।।
अनुहारमा माया नहुदो रैछ भाग्यमा कोर्न पर्ने ।
नसाको तालमा पिन्छु भनी दौडि रहें ।।
कहाँ होलिन मनमा बस्ने अप्सरा जस्ती परि ।
मिलनका दिन गिन्छु भनी दौडि रहें ।।
भेट्नै पर्छ भन्न पनि कहाँ सकिन्छ ।
धेरै देखे कालीहरु बिन्छु भनी दौडि रहें ।।
नाम:-दिपक घर्ति मगर
ठेगाना:- रामपुर दाङ
हाल:- ईन्डिया दिल्ली
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )