गजल : पारी पुगे पछि

~तारा ज्ञवाली~Tara Gyawali

हिंजो नजिक थिएं आज पारी पुगे पछि
कसले बोक्छ थप बोझ भारी पुगे पछि

हेर्दै थियौ नियाली मैले छोडेको बाटो
खुशी भयौ कि त जिम्मेवारी पुगे पछि

ढल्किन्छन् दिन त्यस्तै घर्किन्छन् रातहरु
चल्छ अनि सृष्टि समझदारी पुगे पछि

आउ-नआउ तिमी बाटो छ खुला मेरो
मुस्काउनु प्रिय आँशु झारी पुगे पछि

(स्रोत : रचनाकारको फेसबुकबाट सभार)

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.