~तीर्थ संगम राई~
आदिम कालमा
पारुहाङ्ग र सुम्निमाले
साकेला शिली गाउँदै नाँच्ने
यो धरतिको सुन्दर
गाँउ बस्ती र शहरहरुमा
खोलानाला अनि ताल तलैयाहरुमा
मैले हिजो आज देखिरहेको छु
सडिएका कुहिएका दुङ्ग-दुङ्ग गन्हाईरहेका
नृशप शरीरका डङ्गुरकहरु
खाटो बसेका राताम्यै तैरी रहेका
आलो रगतका रक्त कोषिकाहरु ।
लाली गुराँस रातो हुन्छ
सिमि्रक पनि रातो हुन्छ
यो सत्य हो धु्रव सत्य
यो देशलाई सधै
रातो रङ्ग नै मन पर्ने भए
हे ! सुन्दर देशका
कुरुप मान्छेहरु……॥
देशलाई अझै रगतको
नर बलि चढाउष
आदिमकाल देखि हामीले
देशलाई रगत चढाउदै त
आईरहेका छौ ।
अब फेरी रगत नै चाहिएको
रहेछ भने देशलाई
जंगलमा सडिरहेको
शहरको नालिमा गलिरहेको
निर्जिव मानवहरु भेला पारौं
अनि निचोरेर निकालौं रगतका
कण-कण रक्तकोषिकाहरु
त्यति मात्रले पुग्दैन भने
मैले देखि रहेको छु
हिमालको फेदिमा खेलिरहेकाछन्
एकहूल बच्चाहरु
तराईको फाँटहरुमा रमाईरहेकाछन्
एकहूल युवा जमातहरु
मेचीलाई दुख्दा अब
महाकाली रुनु पर्छ
देश लुछ्ने स्याल फुट्दा यहाँ
देश प्रेमी जनता जुट्नु पर्छ
त्यतिले मात्र पुग्दैन अब त
हिमालले चुनौति दिन सक्नु पर्छ
पहाडले प्रस्ताव राख्न सक्नु पर्छ
त्यसैमा तराईले समर्थन गर्नु पर्छ
किन भने हिजो सम्म हामी
विदेसी प्रभुत्वको बिरुद्ध
नालापानीमा लड्यौ
जहानिया शासनको बिरुद्ध
दरबारमा लड्यौ
कालो पंचायतको बिरुद्ध
देश भर लड्यौ
हो अब फेरी एक पटक
लडने बेला आएको छ
कलमको युद्ध !
बिचारको युद्ध !!
जुन कलमको मसी
जुन बिचारको दसी
रातो हैन निलो हुनेछ
सफा आकाश र पानी जस्तै
बरु हरीयो होला
बन जंगल र मधुमास जस्तै
तर रातो पटक्कै हुने छैन
किन भने
रातो रङ्ग देख्ने बित्तिक्कै
मैले देखिरहेको छु
सेतो पहिरनमा बेरङ्ग मुहारहरु
माल्यार्पण गरेका तस्वीरहरु
स्यामुना
लेटाङ्ग—७, मोरङ्ग
हाल—दोहा, कतार
(स्रोत : रचनाकारको ब्लगबाट सभार)