कथा : थ्री स्टपस्

~प्रतिक्षा रेग्मी~Prakshya Regmi

‘कस्तो रमाइलो हउ आज !’ जुगपछि भेटेको । मेरीटोनको तन्ना कति ऽऽऽ सँगै मिलाइयो । अहिले देख्नु नि मुश्किल हुने । अनि कस्तो चल्दैंछ हौं जिन्दगी केटीहरु ?’ बबिताले आशा र कमला दिदीलाई देख्नासाथ सोधिहाली ।

कमला दिदी अलि निराश हुँदैं बोलिन, ‘के हुनु बबिता उस्तै छ । मेरो त काम भन्नु मात्र हो, कमाइ खासैं छैन । सिफ्ट नै दिदैंन हेर न वाक्क लाग्दो ।’

‘अनि आशा तिमीलाई कति फोन ग¥यो उठाउँदैंनौं त ? सधैं डबल सिफ्ट गर्छौ हो ?’

आशा फुर्किदैं, ‘हजुर दिदी हेर्नु न वाइ त्यस्तै छ । धेरै जो डबल नै गर्छु । बुढाले घर किन्ने भन्नु भा’को छ, फेरि दिदीलाई थाहैं जो छ म गहना थपिरचु । आज पनि मेरो काऽऽ अफ हुन्थ्यो र नि ..बल्लबल्ल मिलाकी ।’

‘अनि पैसा चाहिँ कुन थैलीमा थन्काउँछौं नि ?’

‘अम्मामा दिदी पनि कहाँ यसलाई थैलोले हुन्छ हउ …? बोरा चाहिन्छ ?,’ बबिताले खित्का छोडी ।

‘लु है अब फटाफट सपिङ सकाउ । १ घण्टापछि रेन्बो टाउन हल स्टेशन पुग्छ ।’

‘बल्लतल्ल बुढाबुढी भेट हुन्छ, यसो घर छिटो गएर रमाइलो पनि गर्नु परो नि ।’

‘कमला दिदी, ‘मेरो त केही छैन किन्नुपर्ने । लुगा धेरै किनेर पनि के गर्नु लगाएर जाने ठाउँ कतै छैन । फेरि दाइलाई हतपत चित्त बुझ्दैन । मैले किनेको लुगा । त्यही कुरामा किचकिच सुन्नुभन्दा मलाई किन्नै झ्याउ लाग्छ । म त तिमीहरुलाई भेट्न मात्र आ’को ।’

बबिता, ‘दाइ त ज्ञानी देख्छ त । लुगा सुगामा पनि कमेन्ट गर्नुहुन्छ र भन्या ।’

‘लोग्ने मान्छेको अरुले नदेख्ने रुप त स्वास्नीले देख्छ नि बबिता,’ कमला दिदीले केही उदास हुँदैं भनिन् ।

‘अई बबी, जम्मा १ घण्टा किन भनेकी हौं नि ?यति छिटो घर गएर क्यार्नी हो ? मलाई त त्यो जर्ज स्ट्रीट थिमको एस.ई.एस. जानु थियो वाइ । यसो एउटा वान पिस किन्नु छ र नि,’ आशाले आफ्नो सपिङ प्लान सुनाईं ।

‘ओ हो नसकिने भयो है यो सँग । हिजोमात्र पे आको होला । बाऽऽ हाम्लाई पनि गिफ्ट आइहाल्छ कि ? फी तिर्नु छैन्, पिआर हाल्नु छैन । अब यसो हाम्रो नाममा दुई चार दाम सकाउँदा पनि केही फरक नपर्ला कि कसो कम्ला दिदी ।’

कमला दिदी, ‘भयो भो मलाई त गिफ्ट पर्दैन । फेरि कुन नाठोले दियो भन्ने होला ? बबितालाई मात्र किन्दे हुन्छ आशा ।’

‘कति खिसी गर्छन वाइ मेरो,’ आशा उही फुर्केको टोनमा बोली ।

‘ए बबी !! यता हेर न वाेइ, यो लुगा कस्तो छ ? ४० पैसा घटेर २० जो भा’को रे छ । कलर पनि रातो कस्तो राम्रो । ल मैले लिए है,’ पिङ्क कलरको न्याब एटीएम निकाल्दैं आशा काउन्टरतिर लागि ।

बबिता र कमला दिदी लुगा हेर्दै थिए । भर्खरै विहे भएजस्तो देखिने अर्का नेपाली जोडी हेरेर कमला दिदी टोलाइन् ।

बबिताले कुममा धाप मार्दै भनी, ‘दिदी दाइको याद आयो क्या हो ?’

‘होइन यस्तो माया गर्छन र केटाहरु श्रीमतीलाई † हेरन कस्तो सपिङ आउन पनि झर्को नमानेको, फेरि लुगा पनि रमाई–रमाई छान्देको छ ।’

‘बबी बबी यता आउ न,’ काउन्टरबाट आशाले उदास हुँदैं बोलाइ ।

बबिता,‘के भो ?’

‘हेरन वाइ दुई तीन चोटी ट्राइ गरिसके । डिक्लाइन पो हुन्छ ? हिजोमात्र पे आएको थियो । उहाँले ट्रान्सफर गर्दिनै बिर्सेजस्तो छ ।’

‘लौ ! मसँग क्यास छ यही दे न त अहिले ।’

हातमा लुगाको झोला लिदैं आशा ठुस्स परेर बाहिर निस्की । बबिता र कमला दिदी पछिपछि लागे ।

बबिता, ‘ओई आशे तेरो पैसा टन्नै आउँछ नि होइन ?’

आशा, ‘खोइ कति आउँछ त मैले हिसाब गर्दिन । सिधैं उहाँको खातामा जान्छ वाइ । तर, महिनैपिच्छे १००–२०० रुपैयाँ त मेरोमा हाल्दिने गर्नुहुन्थ्यो । यो पालि चाहिँ के भएछ कुन्नि ? दिक्क लाग्यो ।’

‘ह्या हउ छोड्देन ! कहिलेकाही बिर्सी हाल्छ नि ?’

‘तिमीहरुले चा टाइम चाखेको छ ?’

कमला दिदी अचम्म मान्दैं भनिन्, ‘के हो र त्यो भनेको ?’

‘चिसो चिया हो दिदी । कोकोनट मिल्क टी वीथ हर्बल जेली क्या मन पर्छ मलाई त । रेन्बोले ख्वाको फस्र्ट टाइम । आज म तपाईंलाई ख्वाउछु,’ बबिताले मस्किदैं भनी ।

‘यो रेन्बोले पनि कति माया गर्छन्, है दिदी । बुढीलाई नचखाको केही छैन । मेरो बुढाले त खाली काम नै गाकी मन पराउनुहुन्छ । घुम्ने टाइमपछि आउला रे नि ।’

कमला दिदी, ‘त्यही त लक्की छ नि बबिता । कहाँ सबैले त्यस्तो बुढा पाउनु । आफ्नो बाहिर लगेर खुवाउने त परको कुरा, कामबाट गलेर आएर पकाएर दियो । मिठो भएन भनेर कति सराप खानुपर्छ ।’

०००

हातमा चाय लिदैं तीनै जना टाउन हल स्टेशनतिर लागे ।

बबिता मोबाइलमा, ‘ल ल प्याटफम नम्बर ४ को पछाडितिर बस, हामी त्यतै आउँदैंछु ।’

टाउनहल स्टेशनमा पाँच बजेपछिको भिड देखेर बबिता चिढिई । ‘ओ माई गुडनेश ! यो सिटी रेल हो कि सिठ्ठी (झुर) रेल हो । के सारो भिड होला किचेर मर्लाजस्तो । हप्तामा तीन दिन पेन्सहस्र्ट टु नर्थ सिड्नी जाँदा मेरो त तेल निस्किन्छ । यो मान्छेहरु कसरी अफिस आउँछ जान्छ ।’

आशा, ‘चुप लाग । खाली कम्प्लेन गर्छिन । हप्ताको सातैदिन त आउदिनौं नि ।’

‘तल हिड है बस्ने ठाउँ भेटिन्छ । अनि भाई सन्चै छौं ? काम छिटो सकिएछ त आज । हुन त बबिताले अगि भन्दैं थियो रमाइलो गर्ने प्लान छ भनेर ।’

‘हजुर सन्चै छ दिदी । आज छिटो सक्देको, मेरो बेबीलाई खुशी पार्नुप¥यो नि,’ बबितालाई अंगालोमा कस्दैं रेन्बो बोल्यो ।
‘लौं अब यही चाहिँ रमाइलो नदेखाउँ हैऽऽ रेन्बो..,’ आशाले खितित हाँस्दैं भनी ।

बस्ने ठाउँ पनि भेटियो । एकातिर आशा, कमला दिदी, अर्कोतिर बबिता र रेन्बो फेस टु फेस भएर बसे ।

‘सुन न यो पालि हामी दशैंमा नेपाल जानी भ’का छम नि । अनि मैले बुढोलाई रानी हार बनाउँछु भनेको हुन्छ भन्नु भ’को छ त ।’ (कति फुर्केकी आशा,  बुढाको हुन्छ शब्द नै उसको लागि कस्तो ठूलो भा’को ।)

कमला दिदीले आशालाई हेर्दै भनिन्, ‘तिम्रो त के सिफ्ट पनि मजाले पाको छौं । कमाइ पनि टन्न छ आफै किन्न पनि सकि हाल्छउ नि । बरु, मलाई पनि काम लगाइदेउ न । कस्तो टन्न काम गर्न मन छ त । दिमागमा नानाथरी कुरा खेलाउने फुर्सद पनि हुन्थेन । अरुले हेप्ने पनि छोड्थे कि ।’

‘होइन नि दिदी हाम्रो त हिसाब किताब उहाँले नै हेर्नुहुन्छ वाइ । मैले खासै मेसाे पनि पाउदिन । पे आएपछि मेरो खर्च चाहिँ हाल्दिनु हुन्थ्यो, यो पालि विर्सेजस्तो छ ।’

‘बबी मैले तिमीलाई ३० डलर दिनुपर्ने भयो है । भरे उहाँ कामबाट आएपछि ट्रान्सफर गरिदिन्छु ल ।’

‘३० डलर चाहिँ किन नि ? मैले २० देको त † कि १० डलर ब्याज दिनु आटि हउ ?’

‘हसाउँचिन यिनी पनि । अस्ति न बर्गर खाँदा पनि तिम्ले देको थियौं नि मेरो १० डलर बिर्सेउ र ?’

‘लौ मलाई याद पनि थेन । मिलाएर सेण्ड गरे हुन्छ । मेरो हिसाब–किताब आफै हेर्ने हो । चाहिएको कुृरा आफै किन्छु । सोध्नु पर्दैन । हाम्रोमा आफ्नो–आफ्नो चल्छ, इन्टरफेर गर्ने चलन छैन । फेरि बाआमाले कति खर्च गरेर पठाको छ उता पनि सपोर्ट गर्नु परो । कहिलेकाहीँ त जोगी पार्छ हो मलाई । तर, खुशी पनि लाग्छ आफू इन्डिपेन्डेन्ट भाकोमा अरे नि त । अब आफै सबै गर्नुपर्ने भएपछि यस्तो भनेर सान्त्वना दिनुप¥यो नि आफैलाई,’ रेन्बोतिर हेर्दै बबिताले डाइलग मारेजस्तो गरी ।

रेन्बोले लामो हाइ काड्यो । केटीहरुको कुराले अल्छी लागेछ क्यारे, विपुल क्षेत्रीको डडेलो बजाउँदैं कानमा एयरप्लग ठुस्यो ।

‘भाईंलाई त अल्छि लागेछ, निदाउनैं लाग्यो,’ बबिताले भनिहाली, ‘कुम्भकर्ण हो सुत्न त मेरो बुढा ।’

विरक्त हुँदैं कमला दिदी बोलिन्, ‘म त तिमीहरुको अगाडि हिसाब–किताबको के कुरा गर्नु ? एकाउण्ट आफ्नै छ नि तर कामले धोका देको छ । मैले सिरियस्ली भनेको राम्रो काम खोज्देउ न केटीहरु, म पनि यसो स्ट्रोङ इन्डिपेन्डेन्ट हुन्थे कि ?’

आशा, ‘कति छिटो वाेल्लार्इ क्रीक आयो जो । ल म झरे है ।’ (बाई रेन्बो ! ह बाई भन्दैं रेन्बो झस्क्यो)

‘दिदी मेरो कामतिर बुझेर खबर गर्छु नि ल । वाईऽऽऽ’

(बबिता र कमला दिदी एकैसाथ) ‘ल ल फोन गर्दै गर्नु बाइऽऽऽऽ’

आशा के झरेकी थी बबिताले कुरा झिकीहाली ।

‘यो मान्छे पनि आपे नै छ है दिदी । कहिले चेन्ज नहुने हउ । जति कमाए पनि २० रुपैयाँ ४० रुपैयाँ माग्न छोडदिन । आफ्नो तलब कति आउँछ पनि था हुन्न यसलाई, काम चाहिँ मरेर गर्छे ।’

‘त्यही लोग्ने मान्छेको जात त्यस्तै हुने रै’छ । मलाई काम नभएर हेपेको छ, आशाको काम नै काम हुँदा पनि दाम छैन । के भन्नु खै ? बरु, तिमी भाग्यमानी रहेछौं, रेन्बोजस्तो पायौं ।’

‘आम्बो दिदी के भाको तपाईंको घाटीमा ? निलो डाम छ त, बल्ल देखे मोइले त । लभ बाइट्स हो कि क्या हो ?’

‘छ्या हो कस्तो बेस्सरी कराको ? भाइले सुन्यो होला ?,’ कमला दिदी रातो भइन ।

‘सुन्छ खुब, कानमा त्यत्रो ठुसेको देख्नु भाको छैन ? भन्नु न दिदी के भाको ? लभ बाइट्स नै हो नि ? कि डोमेस्टिक भाइलेन्स छ ? त्यस्तो छ भने खबर दिनु है ? ग्याङ लिएर आउँछु,’ बबिताले आँखा झिम्काउँदैं भनी ।

कमला दिदी सेन्टी हुँदैं बोलिन्, ‘खोइ के भन्नु ? मातेको बेला बुढा साँढे हुन्छ । अब मातेको साँढे के–के गर्छ गर्छ नि । हान्ने, लछार्ने त साँढेलाई सामान्य भइहाल्यो ।’

‘होइन के भन्नुहुन्छ दिदी लास्टैं वाइल्ड जान्छ कि क्या हो । मातेको बेलामा कोहीकोही त्यस्तै हुन्छ भन्छ ।’

‘मेरो त सम्हालि नसक्नु हुन्छ । बोल्न पनि हुने नहुने सबै ओकल्छ । बात लगाउन पनि कसैको छोडदैंन । हुँदाहुँदा आजकल त झन बुढो भयो झन खाने गरेर कति सास्ती खेप्ने हो । दिनदिनै जस्तो खान्छ त । कहिलेकाही त मलाई झुण्डेर मरौ जस्तै लाग्छ,’ कमला दिदीका आँखा रसाए ।

‘के भन्नुहुन्छ हउ यो दिदी ! यस्तो कुराले पनि कोही सुसाइड गर्छ त । बस्न सके बस्ने नसके छोडिदिने नि । आफू चुप लागेर सहनुहुन्न अनि हेप्छ नि । मलाई त यस्तो होला जस्तो लागेको थिएन । कति ज्ञानी देख्छ त दाइ त ।’

०००

‘ल नेक्स्ट स्टप कोगराह रे † मेरो झर्ने ठाउँ आएछ । यसो फुल टाइम काम खोज्देउ न है बबिता, ठूलो हेल्प हुन्छ मलाई ।’ रेन्बोलाई वाइ भनेर कोट्याउँदैं कमला दिदी बिदा भइन । बबिताले उस्को कानको एयरप्लग थुतिदिइ ।

बबिताले गन्थन निकाली, ‘हरे यो दिदीलाई त दाइले धेरै दुःख दिन्छजस्तो छ । हातखुट्टा पहिलेदेखि कति निलडाम हुन्थ्यो । अस्ति न त झन चुरोटको ठुटाले पोलेकोजस्तै थियो । केटीहरु हेर बरु मलाई नै ढुक्क छ । एउटी जति कमाए पनि सधैं म्याउ म्याउ, अर्कीको देखिनेभन्दा धेरै गहिरो प¥यो जस्तो छ घाउ ।’

‘बेबी, कति अर्काको टेन्सन लिन्छौं ? अनि नि तिमीले आफ्नो सामान प्याक गरेउ ? तीन हप्ता त हो नि म्यानेज गर न ल बेबी । अर्को हप्ता बाआमा आउने फेरि हाम्रो बारेमा केही थाहा छैन । बट जे भएपनि बेबी, आइ लभ यु,’ रेन्बोले किस गर्न खोज्दैं भन्यो ।

रेन्बोको मुखलाई धकेल्दैं बबिता बोली, ‘कस्तो सजिलो पो छ त तिमीलाई, म पोको बोकेर कता बास माग्दैं हिड्नु ? अब पनि कुरा नगरे कहिले गर्छौ ? होइन पर्खेको चाहिँ केलाई हो ?’

‘बेबी बुझ्न उल्टै किचकिच पो गर्न थालेउ ।’

‘अझ मैले पो बुझ्नु ? लास्ट इयर मैले बाउआमा बोलाउँछु भन्दा चै नेक्स्ट इयर विहे फिक्स गर्ने अनि बोलाउने भन्यो । अहिले त हुँदाहुँदा घरबाट निस्की पो हरे ।’

‘कस्तो भडकेको हउ तिमी ? झन यतिकै टेन्सन भाको बेलामा । आमालाई हर्टयाट्क दिनु त, जहिले को–को केटीको कुरा ल्याउनु हुन्छ ।’

‘होइन स्वयंम्बर गर न त, तिम्रो आमाले ल्याकोहरुसँग,’ बबिता आगो भईं ।

‘छोड्देउ आजलाई यो कुरा, टाइम भएपछि बाआमालाई विस्तारै भनौंला । मायाको गफ गरौं न बेबी बरु,’ वातावरण सहज बनाउँदैं रेन्बो बोल्यो ।

‘अब कोठा पुगेर के गर्ने ? कति पछि बुढाबुढी छिटो घर पुगेको,’ रेन्बोले बबिताको गर्धन नजिक टाउको लगेर भन्यो ।

बबिता मुर्मुरिदैं बोली, ‘माया ? गर्छौ र ? शंकै छ हुन त सबै कुरा पाकै छौं, उही मलाई सिन्दुर पोते नदेको त हो नि ।’

‘बेबी सिन्दुर पोतेभन्दा ठूलो माया देकै छु त । यसै पनि के गर्छौ हो सिन्दुरपोते पाएर पनि, कसैको लगाको देख्या छौं ? मलाई त तिमीले केही पनि नलगाको मन पर्छ, कस्तो सेक्सी देखिन्छ,’ रेन्बोले फेरि जिस्कायो ।

तिजमा सबैको बुढाबुढीले मिन्टोको फोटो राख्छ । हाम्रो त फोटो राम्रो अाए पनि के नआए पनि के, मलाई कस्तो फिल हुन्छ कहिले बुझ्ने भए पो । मिन्टो रित्तो सिउदो धाउन थालेको तीन बर्ष भइसक्यो । सबैले बिहेको सारी, छड्के पोते, गहना लगाउछ । आफ्नो त कोठामा छिर्दा मात्र बुढा छ भन्ने था हुन्छ ।

ठिकै छ तिनहप्ता मै एडजस्ट गरिदिन्छु ।

पेन्सहर्ट आइपुग्यो । रेन्बो र बबिता कोठातिर लागे ।

बिहीबार, १४ माघ, २०७२

pratiksha.regmi@gmail.com

(स्रोत : www.nepalipatra.com)

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.