~गोविन्द गोदार~
जुनतारा टिपेर दिन सक्दिन म
आफु त यथार्थमा बाँच्ने मान्छे
चन्द्रमामा हनिमुनका कुरा गर्दिन म
म त केवल निश्चल माया गर्ने मान्छे
एक पटक आफैं मुस्कुराएर त हेर
कैयौ रहस्य सो प्रकट हुने छ
एक पटक बिश्वास गरेर त हेर
जीवन त सुख नै सुखमा हुने छ
शरीरमा रगत रहि रहेसम्म
जीवन, जगतको कल्पना गरिन्छ
तिमीले माया गरि दिए सम्म
नत्र त जीवन सायद मरिन्छ
यस्तै मात्र लाग्ने गर्छ हिजो आज
तिम्रो आवाज सुन्न चाहन्छु
बोल या नबोल निष्ठुरी तिमी
खुलेआम आई लभ यू भन्न चाहन्छु
(स्रोत : रचनाकारको ब्लगबाट सभार)