कविता : नव वर्ष

~मदास~

सृजनाको रहर फूलझैँ फुलाएर
सबै जनमा ताजा उत्साह जगाएर
आउने गरेको देखिइन्छ
उहिल्यैदेखि यहाँ नववर्ष
कोही उभो लागून् वा तल झरुन्
नगरी केही परवाह
बोकेर सम्भावना स्मरणमा अथाह
फैलाउने गरेको पाइन्छ यसले
उहिल्यैदेखि अनन्त हर्ष नव वर्ष

विकार र विकृतिले पीडित
हुँदा पनि अहिले नेपाली
छलछाम अव्यवस्थाद्वारा
गाँज्दा पनि देशको इज्जत फाली
यो सब जानेर बुझेर पनि
हुर्दुंगेको रजाइँ मानेर पनि
आस्था र विश्वास जगाउँदै
विक्रम संवत्को महिमा झल्काउँदै
दर्शाउन आएको देखिन्छ समयले उत्कर्ष
आउने गरेको देखिन्छ उहिलेदेखि यहाँ नववर्ष

हुन नसके पनि वर्तमानमा सुव्यवस्था
सप्रन नसके पनि सर्वत्र अवस्था
भविष्यद्रष्टाहरुलाई बोलाउँदै
जागृतिको लागि मनोहरता सुझाउँदै
सर्वत्र चारेको देखिन्छ हावाले स्पर्श
धाउने गरेको देखिन्छ उहिलेदेखि नववर्ष ।

(स्रोत : श्री रुपरेखा)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.