~विश्वम्भर प्याकुरेल~
तिमीले भनेका सारा देब छोएर
म किरिया खान कहाँ सक्छु र
यदि मान्छौ भने म तिम्रै देब भनेर
म त खाई दिन्छु कसम आफैलाई भाकेर
तिमीले भनेका….
तारालाई साक्षी राखेर, बाचा नै कहिले खाएथें
पानीमा औंला चोपेर, सन्धि नै कहिले गरेथें
अनि बाध्यता को के कुरा, पाप धर्मको के कुरा
बिश्वास गर भन्छौ भने, अविश्वास नै कहिले गरेथें
तिमीले भनेका…..
रातभरी तिमि रोई दिंदा, रोएथें म केहि बेर
केहि बेर तिमि हाँसी दिंदा, हाँसेथें म धेरै बेर
अनि पौरुषताको के कुरा, चौडा छातीको के कुरा
सुखमा हाँस भन्छौ भने, दु:खमा कहिले रोएथें
तिमीले भनेका…
शब्द: विश्वम्भर प्याकुरेल
संगीत: शम्भुजित बाँस्कोटा/शुभ बहादुर
स्वर: नारायण गोपाल