~दिपक घर्ति मगर~
बाहिर हेर्दा सुन जस्ति भित्र भने चाँदि रहेछिन २
मायाँ गर्ने नाटक गर्दै भित्रि मुटु खाँदि रहेछिन २
कस्तो दिन मा लाएछु माया अहिले पछुतो लाग्यो २
आफू जाति हुनलाई मनको कुरा बाँदी रहेछिन २
सुनेको छु धाटने बानि धेरै दिन चल्दिन रे २
एटा उटा आँखा छली बजार तिर जाँदि रहेछिन २
मेरो माया एति कमजोर छ भन्ने महसुस आएन २
मान मर्यादा सन्झेबिना अन्त मन लाँदी रहेछिन २
नाम:-दिपक घर्ति मगर
ठेगाना:- रामपुर दाङ
हाल:- ईन्डिया दिल्ली
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )